बाल अधिकार, किशोरी शसक्तिकरण र बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

वार्ड स्तरिय बाल क्लव सञ्जालका पदाधिकारी र अन्य बालबालिका हरुलाई बाल अधिकार, किशोरी शसक्तिकरण र बालमैत्री स्थानीय शासन को बारेमा १ दिने अभिमुखीकरण कार्यक्रम आज कावासोती नगरपालिका वार्ड नम्बर ४ मा सम्पन्न गरिएको छ ।                       

जागृति बाल तथा युवा सरोकारले कावासोती नगरपालिकामा सञ्चालन गरेको किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो ।

सो कार्यक्रममा वार्ड नम्बर ४ का वार्ड अध्यक्ष, सदस्यहरू, बाल क्लव सञ्जालका पदाधिकारी, अन्य बालबालिकाहरु र विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपाल कार्यसमिति सदस्य यवम किशोरी अभियन्ता आश्मा अर्यालले सहजीकरण गर्नु भएको थियो ।                                                                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *