एकादशीको अवसरमा भाङबारीमा मेला लाग्ने

“आजका युवा भोलिका शान, डाँडाझेरी भाङबारी हाम्रो पहिचान” भन्ने मुल नाराका साथ युवा जागरण बुलिङटार २ डाँडाझेरि भाङबारीले हरिबोधनी एकादशीको अवसरमा बुलिङटार २ डांडाझेरी भाङबारीमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

 

लामो समय देखि एकादशिको अवसर पारेर लाग्दै आएको मेला गएको वर्ष कोभिडको कारण व्यवस्थित रुपमा लाग्न सकेको थिएन । यस वर्ष भने सांस्कृतिक मेला सहित लाग्ने भएको आयोजक युवा जागरण क्लबका अध्यक्ष ओमप्रकाश सिंजाली मगरले जानकारी दिनु भयो । मेला यही कात्तिक २९ गते लाग्ने अध्यक्ष सिंजाली मगरले बताउनु भयो । मेलालाई व्यवस्थित बनाउन तयारी गरिएको उहाँले बताउनु भयो ।

 

बिभिन्न फलफुल तथा खानाका परिकारहरु र जुवातासले चिनिएको उक्त मेला यस वर्ष देखि भने पुर्ण रुपमा निषेध गरिएको आयोजक समितिले जनाएको छ । कालिगण्डकी किनारमा अवस्थित भाङबारीमा लाग्ने मेला स्थानीय उत्पादनको बजारिकरणको लागि समेत प्रख्यात छ । मेला लाग्ने स्थान नवलपुर र तनहूँको सिमाना जोडएकाले तनहूँमा उत्पादित विविध सामाग्रीहरु बजारिकरणका लागि सजिलो हुने गरेको कार्यक्रममा संयोजक चिरन गरांजा मगरले बताउनुभयो ।

 

नवलपुर तथा तनहूँको पहाडी भेगमा हुने सुन्तला, अम्रिसो, अदुवा, तरुल,सखर खण्ड देखि किसानले उत्पादन गरेका खाद्यन्न खरिदबिक्री समेत हुने संयोजक गरंजा मगरले जनाउन भयो ।

 

हरेक वर्ष एकादशीको दिनमा कालिगण्डकीको किनारमा स्नान गर्न आउनेहरुको भिड लाग्ने गर्दछ । मेलाकै दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरु सहितको सांस्कृतीक कार्यक्रम समेत हुने आयोजकले जनाएको छ । कार्यक्रम भोलि सोमबार बिहानको १० बजे देखि लाग्ने कार्यक्रम व्यवस्थापन समितिले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *