प्राइम टाईम्स एच.डी.को गण्डकी ब्यूरोका कार्यक्रम संयोजकमा, बुलिङटारका श्रेष्ठ

प्राइम टाईम्स एच.डी.को गण्डकी ब्यूरोका कार्यक्रम संयोजकमा, बुलिङटारका ३ का श्रीकृष्ण श्रेष्ठ चयन भएका छन् । टाइम्स ब्रोडकास्टिङ नेटवर्कद्वारा प्रसारित प्राइम टाइम्स एचडीले आजगण्डकी प्रदेशमा पोखरामा उद्घाटन कार्यक्रममा उनलाई चयन गरेको हो ।

यसैगरि प्राइम टाईम्स एच.डी.को गण्डकी ब्यूरोका प्रमुखमा रघुनाथ वाग्ले चयन भएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल र प्राइम टाइम्स टेलिभिजन नेटवर्कका अध्यक्ष ऋषि धमलाले आज विशेष कार्यक्रममा ब्युरो कार्यालयको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा सम्बोधनका साथै छोटो कुराकानी गर्दै मुख्यमन्त्री पोखरेलले प्राइम टाइम्स टेलिभिजन सधैँ लोकतन्त्रको पक्षपाती रहेको तथा टेलिभिजनको ब्युरो कार्यालय गण्डकी प्रदेशमा समेत संचालनमा आउँदा खुसी लागेको बताए । साथै, यस टेलिभिजनले पस्कने सत्य, तथ्य सामाग्रीले गण्डकी प्रदेशको आर्थिक तथा राजनीतिक विषयमा सबैले जानकार हुने मौका पाउने तथा आफ्नो पथबाट विचलित नहुन खबरदारी समेत गर्ने धारणा राखे ।

त्यस्तै, उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले प्राइम टाइम्स टेलिभिजनले सदैव लोकतन्त्रलाई केन्द्रमा राखेर समाचार तथा कार्यक्रम पस्कँदै आएको तथा आफूले संचालन गर्ने जनता जान्न चाहन्छन् कार्यक्रममार्फत बाटो बिराएकाहरुलाई खबरदारी गर्दै आएको धारणा व्यक्त गरे ।

साथै, उनले आफूहरु सम्झौतापरस्त पत्रकारिताबाट सधैँ टाढा रहनेसमेत बताए । गण्डकी ब्युरो कार्यालयको उद्घाटनसँगै आफ्नो जिम्मेवारी समेत बढेको बताउँदै अध्यक्ष धमलाले मोफसलको पत्रकारिताको वृद्धिविकासमा समेत विशेष ध्यान दिने विश्वास दिलाए । रघुनाथ वाग्लेको नेतृत्वमा रहेको गण्डकी ब्युरोले राजनीतिक, समाजिक, आर्थिक तथा खेलकुद तथा समाजका हरेक पाटाका समाचारलाई महत्वका साथ उत्पादन गर्ने जनाईएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *