नेपाली कांग्रेस नवलपुर जिल्ला अधिवेशन मंसिर २० मा

नवलपुर(नेपाली कांग्रेस नवलपुरको जिल्ला अधिवेशन मंसिर १९ गते हुने भएको छ ।

मंसिर १० र ११ मा हुने भनिएको जिल्ला अधिवेशनको आवश्यक तयारी नसकिएको भन्दै अधिवेशन मंसिर १९ गतेलाई सारिएको नेपाली काङ्ग्रेस नवलपुरका सहायक जिल्ला निर्वाचन अधिकृत चुडामणी शर्मा कंडेलले बताए ।

नयाँ घोषणा गरिएको कार्यतालिका अनुसार मंसिर १९ गते मनोनयन र २० गते मतदान गर्ने गरि जिल्ला अधिवेशनको प्रक्रिया अगाडी बढाईने कंडेलले बताए ।

क्षेत्र नं २ को पुनस् मतगणना हुन नसके पछि १० गतेको लागि तोकिएको जिल्ला अधिवेशनको मनोनयन प्रभावित भएको हुँदा अधिवेशनको मिति सरेको हो । क्षेत्रीय सभापतिका उम्मेदवार सूर्य गुरुङको ३९४ र जगत कार्कीको पनि ३९४ मत भएपछि उम्मेदवारकै सहमतिमा पुनस् मतगणना गर्ने सहमति भएको थियो ।

कार्की कांग्रेस सभापति शेरबहादुर देउवा समुहबाट र गुरुङ वरिष्ठ नेता पौडेल समुहबाट उम्मेदवार बनेका थिए ।

मतपेटिका जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखिएको छ । रोकिएको पुनस् मतगणना ११ गते नेपाली काङ्ग्रेस नवलपुरको कार्यालयमा गर्ने सहमति भएको कंडेलले जानकारी दिएका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *