एसपीएम कलेजका प्राध्यापक र विद्यार्थीबीच यौनजन्य हिंसा नियन्त्रणबारे छलफल

गैँडाकोट । सूर्यभक्त पतनादेवी मोमेरियल कलेज गैँडाकोटका प्राध्यापक र विद्यार्थीहरुले महिलामाथि हुनेगरेका यौनजन्य हिंसाका र त्यसको निराकरणबारे छलफल गरेका छन् ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर आज मंगलबार कलेजका महिला प्राध्यापक तथा स्नातक तह पढ्ने विद्यार्थीहरुले आफ्नो जीवनकालमा भोगेका यौनजन्य हिंसाका घटना र त्यसको प्रतिकार कसरी गर्ने भन्नेबारे छलफल गरेका हुन् ।

छलफलका क्रममा महिलाहरुले सार्वजनिक स्थान, कार्यस्थल तथा विभिन्न समयमा कस्ता कस्ता दुर्व्यवहार भोगेका छन् भन्ने बारे छलफल भएको थियो ।
सो अवसरमा एसपीएम कलेजका प्राध्यापक प्रमिता ढकाल, प्रतिमा सिलवाल, रञ्जना लामिछाने लगायतले आफ्नो जीवनकालमा भोगेका यौनजन्य दुर्व्यवहारबारे अनुभव सुनाउँदै ती दुर्व्यवहार गर्ने व्यक्तिलाई गरिएको कारबाहीबारे जानकारी गराएका थिए ।

साथैलकलेजको स्नातक तहमा अध्ययनरत छात्राहरुले पनि आफूहरुले विभिन्न सिलसिलामा भोगेका दुर्व्यवहारको अनुभव सुनाएका थिए । भने, छात्रहरुले आफ्ना साथीहरू दुर्व्यवहारमा पर्दा आफूले निभाएको भूमिकाबारे जानकारी गराएका थिए ।

सो अवसरमा एसपीएम कलेजका प्राचार्य दीपेन्द्र पौडेल, प्राध्यापक बालकृष्ण थपलिया विद्यार्थी सविता तिवारी, टोलबहादुर रानामगर, पवित्रा पराजुली लगायतले यौनजन्य हिंसाको अनुभव, यसबाट जोगिन र प्रतिकार गर्न महिला स्वयं र पुरुषहरुले कसरी सहयोग गर्न सक्छन् भन्नेबारे आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा विश्वव्यापी रुपमा चलेको मीटू अभियान र दुर्व्यवहार अन्त्यको लागि सचेत नागरिकको भूमिकालकस्तो हुनुपर्छ भन्ने विषयमा पनि छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *