नेपाल कुमाल विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष सहित ३ जना कांग्रेस महाधिवेशन प्रतिनिधिमा चयन

२४ मंसिर , नवलपुर ।
नेपाल कुमाल विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष नविन मुखिया कुमाल सहित ३ जना कांग्रेस महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।                                                                                  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेपाल कुमाल संघको तर्फबाट भएको केन्द्रीय प्रतिनिधि छनोटमा अध्यक्ष मुखिया सहित तिन जना चयन भएका हुन् ।                                        नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल कुमाल संघको तर्फबाट अर्घाखाँचीका नविन मुखिया कुमाल , नुवाकोटका भिमसेन वहादुर कुमाल र गोरखाका गणेश कुमाल महाधिवेशनको प्रतिनिधिमा चयन भएका हुन् ।                                                                        मंसिर १९ गते बसेको संघको बैठकले तिन जनालाई छनौट गरेको संघले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *