नेपाली भाषा शिक्षक परिषद्,कास्की,नेपालको वक्तृत्वकला सम्पन्न

पोखरा,२५
नेपाली भाषा शिक्षक परिषद्,कास्की,नेपालले माध्यमिक ९ देखि १२ स्तरीय वक्तृत्वकला प्रतियोगिता संस्थाका अध्यक्ष डिल्लीराम अर्यालको अध्यक्षतामा सम्पन्न गरेको छ।

पृथ्वीनारायण क्याम्पस,पोखराका सहप्रा।डा। नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यार्थीहरूले सामाजिक सञ्जालले विद्यार्थीमा पारेको प्रभाव शीर्षकमा आफ्ना प्रस्तुति राखेका थिए।प्रमुख अतिथिले परिषद्ले स्थापना कालदेखि नै उदाहरणीय र प्रशंसायोग्य कार्य गर्दै आइरहेकोमा खुसी व्यक्त गर्नुभयो।उक्त कार्यक्रममा संस्थाका सल्लाहकार सहप्रा.डा. पुण्यप्रसाद शर्मा,दिनेश सापकोटा,कुमुदिनी होम्सका संस्थापक अशोक पालिखे,सहप्राचार्य मानबहादुर भुजेलले बोल्नुभएको थियो।निर्णायकका रूपमा दिनेश सापकोटा, इन्दिरा सुवेदी र पार्वती खनाल रहनुभएको थियो।

कार्यक्रममा प्रतिभा मा.वि.की प्रकृति शर्मा प्रथम,जागृति शर्मा द्वितीय,बाल प्रभात बोर्डिङ स्कुलका छात्र विमर्श कँडेल तृतीय र न्याश्नल इन्भेन्टिभ बोर्डिङ स्कुलकी छात्र स्नेहा गिरि चतुर्थ भएका छन्।कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष विक्रम पौडेल राख्नुभएको थियो भने सञ्चालन सचिव सूर्यप्रसाद लम्सालले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *