भलायटार टोल स्तरीय समिति गठन सम्पन्न, २० घर एमाले कांग्रेसमा हाम फाले

बलिङटार, २६ । नेपाली कांग्रेस बुलिङटार गाउँपालिका वडा नं ३ भलायटार स्थित टोल स्तरीय समिती गठन सम्पन्न भएको छ ।
कार्यक्रमले जगत बहादुर बिर्कट्टा मगरको सभापतित्वमा १९ जनाको कार्यसमिती चयन गरेको छ । जसमा उपसभापति धन बहादुर बिर्कट्टा मगर र नेत्र बहादुर पाटा मगर, सचिवमा पदम पुलामी मगर र बालकुमार चितौरे मगर लगायतको टीम रहेको छ ।

शनिबार ज्ञानोदय प्रा.वि. भलायटारमा भएको उक्त कार्यक्रम नेपाली कांग्रेस वडा नं ३ का सभापति पूर्ण बहादुर सुस्लिङ्ग मगरको संयोजकमा सम्पन्न भएको हो । कार्यक्रम्मा बोल्दै संयोजक तथा वडा सभापति सुस्लिङ्गले पार्टीलाई बलियो बनाई जनताको लोकप्रिय पार्टी बनाउने अडान राखेको बताउनु भयो ।

यसैगरि उक्त कार्यक्रममा २० घर धुरि नेकपा एमाले पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । दुखको लागि कांग्रेस, शुखको लागि कांग्रेस भनि आफूखुसि नेकपा एमाले परित्याग गरि नेपालि कांग्रेसमा प्रवेश हुन आएको नवप्रवेशी कृष्ण बहादुर नेपालीले बताउनु भयो ।

केहि दिन अघिमात्र नेकपा एमाले नवलपुरका अध्यक्ष एवम गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका अध्यक्ष रोशन बहादुर गाहा मगरले उनिहरुलाई टिका अविर र खादा लगाएर एमाले प्रवेश गराएका थिए ।

तर एमालेका केही कार्यकर्ता साथीहरुले भोज खाना जाम भनेर ढाटेर लगि एमालेमा प्रवेश गराएको खुलाशा गरे । आफुहरु आफुखुसि प्रवेश नभएको नवप्रवेशिहरुले सामुहिक रुपमा भने ।

यस अघि डाँडाझेरीका केहि घर परिवार नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश भएका थिए ।
कार्यक्रममा केहि स्थानियहरुको सहभागि रहेको थियो भने कार्यक्रमको सहजीकरण तिलक बिर्कट्टा मगरले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *