एस.पि.एम. कलेजको १६औं वार्षिकोत्सब एवं प्रथम कलेज सभा हुँदै

गैंडाकोट , नवलपुरको गैंडाकोटमा रहेको सूर्यभक्त पतनादेवि मेमोरियल कलेजले १६ औं वार्षिक उत्सव तथा प्रथम कलेज अधिवेशन गरिने भएको छ । १६ औं वर्षको उत्सव तथा प्रथम अधिवेशन विविध कार्यक्रम आयोजना गरि मनाउन लागिएको कलेजका प्रमुख दिपेन्द्र पौडेलले बताउनुभयो ।

 

क्याम्पस प्रशासनले विद्यार्थीका लागि विभिन्न प्रतियोगिता राख्दै उत्सव गर्न लागिएको हो । प्रतियोगिता यहि पौष ८ गतेबाट सुरु भई १३ गते सकिने छ ।
कार्यक्रम गण्डकी प्रदेश विधायक समितिका संयोजक विष्णु प्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा १४ गते हुने कलेज प्रमुख पौडेलले बताउनु भयो ।


सुरुको दिन ८ गते टेबलटेनिस र छात्र छात्रा दौड ,९ गते सट फुट,गजल र कविता वाचन प्रतियोगिता ,१० गते प्राध्यापकको म्युजिकल चियर्स ,११ गते छात्र छात्रा भलिबल प्रतियोगिता ,१२ गते रिले दौड प्रतियोगिता ,१३ गते डोरि तान्ने ,गित, नृत्य र पुरस्कार बितण कार्यक्रम रहेको छ भने पौष १४ गते औपचारिक रुपले वार्षिकोत्सब कार्यक्रम गरि सम्पन्न गरिने भएको छ ।

कार्यक्रम सब्य र भब्य बनाउन विभिन्न विभागमा शिक्षक, रेड्क्रस र विद्यार्थी परिषदमा आबद्ध विद्यार्थी लाई खटाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *