किशोरी अभियन्ताहरूलाई महिनावारी सरसफाइ तथा पुनः प्रयोग योग्य प्याड निर्माण तालिम

कावासोती । जागृति बाल तथा युवा सरोकार नेपालद्वारा कावासोतीमा सञ्चालित किशोरी सशक्तीकरण कार्यक्रमका किशोरी साथी शिक्षक र किशोरी अभियन्ताहरूलाई महिनावारी सरसफाइ तथा पुनः प्रयोग योग्य प्याड निर्माण तालिम प्रदान गरिएको छ ।

शनिबार कावासोतीमा भएको तालिममा कावासोती नगरपालिका भित्रका १७ वडाका १६ सामुदायिक माध्यमिक विद्यालयका ३५ जना साथी शिक्षक किशोरीहरुको सहभागिता रहेको थियो ।

 

तालिममा महिनावारीका समयमा ध्यान दिनुपर्ने सरसफाइका विषय र घरमै कसरी प्याड बनाउन सकिन्छ भन्ने विषयमा किशोरी अभियन्ताहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो ।
तालिममा सहभागि किशोरी अभियन्ताहरू मार्फत विद्यालय तथा आफ्ना गाउँघरमा समेत महिनावारी सरसफाइका विषयमा जानकारी दिने , घरमै कसरी प्याड बनाउन सकिन्छ भन्ने विषयमा जानकारी प्रदान गरिने जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले बताउनुभयो ।
तालिममा सहभागि किशोरीहरूले महिनावारी सरसफाइ तथा पुनः प्रयोग योग्य प्याड निर्माण सम्बन्धी तालिम प्रभावकारी भएको बताएका छन् ।

महिनावारीका समयमा सरसफाइको महत्व धेरै रहेको र सरसफाइमा ध्यान दिँदा भोलिका दिनमा विभिन्न रोगहरू लाग्नबाट जोगिन हुँदा यो तालिम प्रभावकारी भएको बताएका छन् ।

जागृति बाल तथा युवा सरोकार नेपालले जिल्लाको कावासोती नगरपालिकामा किशोरी सशक्तीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
जस अन्तर्गत नगरका सवै वडामा किशोरी लक्षित विभिन्न कार्यक्रमहरू समेत सञ्चालन भइरहेका छन् । किशोरीहरूको सशक्तिकरणको सवालमा संस्थाले काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *