ठाकुर कोइरालाको अध्यक्षतामा साहारा टोल बिकास सस्था गठन

कावासोती। देवचुली नगरपालिका वडा नं १४ मा रहेको साहारा टोल विकास संस्थाको अध्यक्षमा ठाकुर कोइराला चयन हुनुभएको छ ।

संस्थाको सोमबार भएको भेलाले अध्यक्ष सहित ११ सदस्यीय संस्था गठन गरेको छ । संस्थाको उपाध्यक्षमा गितादेवि अधिकारी, सचिवमा सञ्जु सिलवाल अधिकारी, कोषाध्यक्षमा सरिता भुसाल चयन भएका छन् ।

यसैगरि संस्थाको सदस्यमा मधुविलास अधिकारी, सिम्रन पन्थी, दल बहादुर वि।क, सीता माया श्रेष्ठ, शिव कुमारी डुम्रे, विष्णुमाया कोइराला र सिता कोइराला लगायतका रहेका छन् । कार्यक्रम देवचुली नगरपालिका वडा नं १४ का वडाध्यक्ष हेमराज दवाडीको उपस्थितीमा सम्पन्न गरिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *