उत्कृष्ट खेलाडीलाई छात्रवृत्ति

गैँडाकोटर
गैँडाकोट खेलकुद समिति गैँडाकोटका अध्यक्ष लक्ष्मण कार्कीले सूर्यभक्तपतनादेवी मेमोरियल कलेजमा अध्ययनरत २ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको छ ।

 

कलेजको वार्षिकोत्सब विशेष खेलकुद कार्यक्रमको पुरस्कार वितरण समारोहमा खेल र शिक्षा दुबै तर्फ उत्कृष्ट प्रदर्शन गरेका एक छात्र र एक छात्रा गरि २जना विद्यार्थी खेलाडीहरुलाई ३-३ महिना कलेज फि बराबरको रकम प्रदान गर्नुभएको हो ।

 

पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि रहनुभएका कार्कीले हरेक गतिविधमा संलग्नता देखाएका दुई विद्यार्थीको लगनशीलतालाई प्रोत्साहन गर्न कार्यक्रम स्थलमै सो निर्णय गरेको बताउनुभयो ।

अध्यक्ष कार्कीले भन्नुभयो, दुबै विद्यार्थीमा शिक्षा र खेल प्रतिको हुटहुटी महसुस गरे,थोरै भएपनि सहयोग गर्न मन लाग्यो । खेल क्षेत्रमा अग्रसर हुन चाहने विद्यार्थीलाई हौसलाको खाँचो रहने उहाँको भनाई छ ।

कार्कीले खेल क्षेत्रको विकासका लागी निरन्तर खेलकुद प्रतियोगिता हुन र सहभागीहरुमा हौसला कायम रहन आवश्यक रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *