एस.पि.एम कलेजका शिक्षक र विद्यार्थीले गरे कलेजको सरसफाई

गैंडाकोट
नवलपुरको गैंडाकोटमा रहेको सुर्यभक्त पतनादेवी मेमोरियल (एस.पि.एम) कलेजको युवा रेडक्रस सर्कलमा आवद्ध विद्यार्थीहरुले कलेजको सरसफाई गरेका छन् ।

मंगलबार विद्यार्थीहरु जगतको सबैभन्दा महत्वपूर्ण रुप भनेको अनुशासन र सरसफाई भएको हुदा सरसफाईबाट नै कामहरु अगाडी बढाएको कलेजका युवा रेडक्रस सर्कलका अध्यक्ष लक्ष्मी कंडेलले बताउनुभयो ।

अध्यक्ष कंडेलले विद्यालय भित्र तथा बाहिर स्वयम सेवाकको समेत काम गरिने बताउनुभयो ।

अध्यक्ष कंडेलले भन्नु भयो “यो सरसफाई रेडक्रसको पहिलो कार्य योजना हो, हामी स्वयम सेवाक देखि लिएर सामाजिक कामहरुमा आवद्ध हुन्छौं ।”
विभिन्न प्राथमिक उपचारहरुको सेवा समेत रेडक्रस सर्कलले उपलब्ध गर्ने सर्कलका शिक्षक नायक भगवति सापकोटाले बताउनु भयो ।

कलेजका प्राचार्य दिपेन्द्र पौडेलले विद्यार्थीले सामाजिक कार्यक्रमको पुनः थालनी गर्नु प्रशंसनिय भएको बताउनुभयो । कलेजले नियमित पठनपाठनका साथै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा प्रोत्साहनमा कुनै रोकटोक नगर्ने उहाँको भनाई थियो । कलेज परिसरको सरसफाई कार्यक्रममा युवा रेडक्रस सर्कलका विद्यार्थीसहित कलेजका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *