एसपीएमको १६औं वार्षिकोत्सब तथा प्रथम कलेज सभा सम्पन्न

पुस १४

नवलपरासी बर्दघाट सुस्ता पुर्व क्षेत्र नम्बर २ का सांसद एवम् गण्डकी प्रदेश विधायन समिति सभापति बिष्णुप्रसाद लामिछानेले शिक्षामा एक दिन मात्रै पनि ढिलाई हुँदा रुपान्तरणको एउटा युग वित्ने बताउनुभयो । सूर्यभक्तपतनादेवी मेमोरियल कलेजको १६औं वार्षिकोत्सव तथा प्रथम क्याम्पस सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सडक ,बाटो र सञ्चार एक वर्ष ढिला गरे भौतिक दुख हुने हो, सांसद लामिछानेले भन्नुभयो ,ूशिक्षामा एक दिन ढिला हुँदा एउटा युग पछि पर्छ । गण्डकी प्रदेशमा शिक्षा क्षेत्रमा नयाँ आयाम ल्याउन प्रदेश सरकारको भूमिकामा पछि नहट्ने उहाँले बताउनुभयो । सूर्यभक्तपतनादेवी मेमोरियल कलेजले क्रान्तिको एक ईतिहास सम्झाउने गरेको उल्लेख गर्दै शैक्षिक विकासमा पनि उत्तिकै योगदान पुगेको जोड दिनुभयो । राजनितिक वृत्तमा सूर्यभक्त अधिकारीको योगदानको चर्चा भईरहने भन्दै उहाँको स्मृतिमा बनेको कलेजले यहाँको समाज, जिल्ला र प्रदेशको आवश्यकता अनुकुलको शिक्षालाई प्राथमिकतामा राख्न सुझाउनुभयो । ूयो कलेज आफैंमा ईतिहासको संरक्षक हो, उहाँले भन्नुभयो,ू यसले जीविकोपार्जनमा मदत पुग्ने सीपमुलक शिक्षाको मागलाई पूरा गर्ने गरि कार्ययोजना अघि बढाउन र छलफल चलाउन जरुरी छ । त्यसका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकारलाई घच्घच्याउने काम गर्न तयार रहेको उल्लेख गर्नुभयो । कलेजको वार्षिकोत्सब समारोहमा गैंडाकोट नगरपालिकाका उपमेयर बिष्णुमाया कंडेलले गैंडाकोटको एक मात्र सामुदायिक कलेजले शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नुभयो । आफ्नै समिपमा कलेज हुँदा विद्यार्थी र अभिभावकलाई भएको सहजताको बयान पढ्नकै लागि घर छोड्नुपरेकाहरुले गर्दै आएको उहाँले बताउनुभयो ।

कलेजको वार्षिकोत्सबको अवसर पारेर सुर्यभक्त अधिकारीकोबारेमा लेखिएको पुस्तक ुप्रजातान्त्रिक आन्दोलनका योद्धा(सूर्यभक्त अधिकारी विमोचन गरिएको छ । पुस्तकका लेखक प्राध्यापक डाक्टर ज्ञानेन्द्र पौड्यालले राजनीतिक वृत्तमा सम्मानित व्यक्ति सुर्यभक्त अधिकारीको जीवनका आरोह अवरोह समेटेको बताउनुभयो ।
सोही अवसरमा मानविकि संकाय स्नातक तहमा आमसञ्चार तथा पत्रकारिता अध्ययन गर्ने विद्यार्थीहरुले प्रकाशन गरेको एसपीएम सन्देश नामक त्रैमासिक पत्रिकाको पनि विमोचन गरिएको छ । निकै सकसपूर्ण अवस्थामा कलेज सञ्चालन गर्नुपर्ने बाध्यतामा पनि बिद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि सम्भव भएसम्म कुनै कसर बाँकी नराख्ने प्राचार्य दिपेन्द्र पौडेलले बताउनुभयो ।

कार्यक्रममा कलेजमा लामो समयदेखि संलग्न रहेका शिक्षक,कर्मचारीलाई सम्मान गरिएको शिक्षा संकाय प्रमुख माधव सिग्देलले जानकारी दिनुभयो । यसैगरि कलेजका विभिन्न तहमा अध्यन गर्ने र विभिन्न बिधामा सक्रिय हुने विद्याथीहरुलाई सम्मान गरिएको थियो । ल कलेजका संस्थापक अध्यक्ष एवम् संरक्षक मदनभक्त अधिकारी, सञ्चालक समितिका उपाध्यक्ष नीलकण्ठ मरासिनी, नेपाली कांग्रेस गैडाकोट नगरसभापति बद्री सापकोटा लगायतको उपस्थिती रहेको कार्यक्रमा विद्यार्थीहरुलेविविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

कलेजको बुधबार सम्पन्न प्रथम सभाले महेन्द्रभक्त अधिकारीलाई सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित गरिएको छ । अन्य पदाधिकारी मनोनित गर्ने गरि प्रक्रिया अघि बढाईने बताईएको छ ।

यसैगरि कलेजका विभिन्न तहमा अध्यन गर्ने र विभिन्न बिधामा सक्रिय हुने विद्याथीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजिकरण शिक्षाशास्त्र सङ्काय प्रमुख एवम् प्रध्यापक सङ्घका सचिव ले गर्नभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *