अमर स्रष्टा मास्टर मित्र सेन स्मृति प्रतिष्ठान नवलपुर शाखा कार्यसमिति गठन

कमला राना मगर

पौष १५ विहिबार कावासोति । मास्टर मित्र सेन स्मृति प्रतिष्ठान नवलपुर शाखाको नयां कार्य समीति आज गठन भएको छ । आज गठन भएको नवौ सदस्यीय कार्य समीतिको अध्यक्षमा लिला मास्की राना मगर, उपाध्यक्षमा मोहन सिंङ बाकाबल मगर, सचिवमा चोक बहादुर पाइजा मगर, कोषाध्यक्षमा प्रेम बाहादुर राना मगर र सह सचिवमा शारदा झेंडी मगर रहनुभएको छ ।

यसैगरी सदस्यहरुमा पवित्रा थापा मगर, कमला राना मगर, अम्बीका विरकट्टा मगर र शोभा राना मगर रहनुभएको छ । यसैगरी सल्लाहाकारहरुमा कर्णेल धन बहादुर मास्की राना मगर, बाबुराम राना मगर र भुवन आले मगर रहनुभएको छ ।

मास्टर मित्र सेन नेपालको अमर स्रष्टा रहनुभएको छ । उहांको एघारवटा खण्डकाव्य, सन्तानब्बे वटा गित, बत्तिस वटा ग्रामो फोनमा रेकर्डेड गित, चौध वटा हिन्दी नेपाली र उर्दु मिश्रीत भषाका नाटकहरु र पांचवटा डिस्क भएका नेपाली नाटक रहेका छन ।

त्यसैगरी लामा लेखहरु, कविता, नाटकहरु नेपाली तथा भारतिय पत्रीकाहरुमा प्रकाशित रहेका छन भने दर्जनौ कृतिहरु अप्रकाशित रहेका छन ।

मलाइ खुत्रुकै पारो जेठान तिम्रो बैनिले, लाहुरेको रेलिमाइ फेसनै राम्रो रातो रुमाल रेलिमाइ खुकरी भीरेको, अव त जाउ कान्छी घर बाटो छ उकाली ओराली र चुइ चुइ चुइकने जुत्ता हरायो रोदिमा लगाएतका चर्चित गितहरु मास्टर मित्र सेनका गितहरु रहेका छन ।

बुवा मानविर सेन थापा मगर र आमा राधा थापा मगरको कोखबाट १८९५ डिसेम्बर २९ तारिख भारतको हिंमाञ्चाल प्रदेश भाक्सुमा जन्मेका मास्टर मित्र सेनको पुर्खौली घर साविक बाग्लुङ जिल्ला हाल पर्वतको राखु खोला रहेको छ । मास्टर मित्र सेनको बास्तविक नाम मित्र सेन सिंजाली मगर रहेको छ ।

मास्टर मित्र सेनको सम्मानमा नेपाल सरकारले हुलाक टिकट समेत जारी गरेको छ । नेपाली साहीत्यमा लोभलाग्दो योगदान रहेको मास्टर मित्र सेनको मृत्यु २००२ सालमा भएको हो ।

नवलपुरको कावासोति नगरपालीका वडा नम्बर १ स्थीत पोखरी तालमा मास्टर मित्र सेनको शालिक निर्माणको क्रममा रहेको नव निर्वाचित अध्यक्ष लिला मास्की राना मगरले जानकारी दिनुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *