नेपाल कुमाल सुधार समिति २८ वर्षमा प्रवेश, समुदायको हकहितमा काम गर्न नसकेको भन्दै आत्मालोचना

१५ पौष, नवलपुर ।
नेपाल कुमाल सुधार समितिको २८ औँ स्थापना दिवसमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन् । नेपाल कुमाल सुधार समितिका केन्द्रीय महासचिव ठाकुर कुमालका अनुसार यस वर्ष केन्द्रले कुनै पनि औपचारीक कार्यक्रमको आयोजना गरिएको छैन । केन्द्रले जिल्ला समितिलाई भने आआफ्नो तरीकाबाट कार्यक्रम गर्न पठाएको थियो । दिवसको अवसरमा बोल्नु हुँदै महासचिव कुमालले कुमाल समुदायको धर्म संस्कृति लगायतका कुराहरुलाई जर्गेना गर्नका लागि एउटाले मात्र सम्भव नहुने बताउनु भएको छ । उहाँले नेपाल कुमाल सुधार समिति केन्द्रमा ४५ पदाधिकारीहरु रहेतापनि सोचे जस्तो कार्य आजसम्म हुन नसकेको भन्दै आत्मालोचना गर्नुभयो । कुमाल समुदायको सिङ्गो छाता संगठन रहेको नेपाल कुमाल सुधार समितिले समुदायको हकहित र अधिकारका लागि काम गर्न नसकेको भन्दै आत्मालोचना गर्नु भएको हो । उहाँले सक्रियरुपमा आफ्नो भाषा धर्म सांस्कृति र पेशाको बारेमा जनचेतना जगाउन पनि नसकेको बताउनु भयो ।  कुमाल समुदायको मनोभावनालाई बुझ्न नसक्दा र वेवास्ता गर्दा समुदायको स्तरोन्नती पछाडि परेको समितिले बताएको छ । समितिबाट समुदायका लागि सोचे जस्तो कामकार्य नहुँदा अगाडि बढ्न कठिनाइ भएको पनि उहाँले बताउनु भयो । यस्तैगरी महासचिव कुमालले समितिको केन्द्रीय महाधिवेशन पनि आगामी माघ २५ र २६ गते हुने जानकारी दिनुभयो । महाधिवेशनको तयारी तिव्र पारिनुका साथै छलफलहरु अगाडि बढेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *