प्रगती आमा समूहद्धारा नवनिर्मित भवन समुद्घाटन

बुलिङटार, १८
बुलिङटार एकमा रहेको प्रगती आमा समूहद्धारा निवनिर्मित भवन समुद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रम गरि उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी तथा बुलिङटार गाँउपालिकाका अध्यक्ष शशिकिरण बास्ताकोटिले भवनको उद्घाटन गरिएको हो । भवनको उद्घाटन गर्दै प्रमुख अतिथी बास्ताकोटिले आफ्नो घर बनिसके पछि समाजको घर बनाउन तर्फ लाग्न आग्रह गर्नुभयो । उहाँले भन्नभयो “आफ्नो घर बनिसक्यो अब समाजको घर बनाउने तर्फ लाग्नुस । अब समाज सधारमा आमा समूहको मुख्य भुमिका हुनुपर्छ, आमा नै शृष्टिकर्ता हो त्यसैले जे गर्न नी आमाको मूख्य भुमिका चाहिन्छ ।” उहाँले जनजाति भेगमा सरसफाईको कमि भएको हुदा उक्त आमा समूहमा महिलाहरु सक्रिय भएको देख्दा खुशि व्यक्ता गर्नुभएको थियो ।

यसैगरि विशिष्ट अतिथि तथा बुलिङटार गाउँपालिका वडा नं एक का वडाध्यक्ष डिल बहादुर सूर्यवंशीले अब उक्त आमा समूह जनचेतनाको कार्यक्रममा सरिक हुन आग्रह गर्नुभएको थियो ।

यसैगरि कार्यक्रमका अतिथि तथा छत्तिसदेवि माध्यमिक विद्यालयका प्रधानध्यापक तेजमान श्रेष्ठले महिलाहरु खालि भान्सा, घाँसपात र मेलापातमा मात्र सिमित रहेको हुदा यस खालको भ्रमलाई हटाई महिलाहरुलाई सामाजिक कार्यमा संलग्न गराई अघि बढाउन जोड दिनु भयो । उहाँले बालविवाह न्यूनिकरण, बहुविवाह न्यूनिकरण, सम्बन्धि कार्यमा संलग्न हुन आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा छत्तिस मा.वि.का शिक्षक लोकप्रसाद रामदाम, नेपाली कांग्रेस वडा नं एकका सभापति बल बहादुर आले, महिला सञ्जाल प्रतिनिधी लगायतले मन्तव्य राखिएको थियो ।

कार्यक्रमलाई समापन गर्दै समूहका अध्यक्ष तथा कार्यक्रमका सभापति देविका श्रेष्ठले गाँउपालिकाले दिइएको तीन लाख सहयोग आमा समूहमा रहेको रकम अनि समूह भित्रका सदस्यहरुको श्रमदानमा भवन बनेको बताउनु तयो । भवन करिब दश लाख लागतमा बनेको बताउनु भयो । उहाँले भवन बनाउनका लागि मानकाजी श्रेष्ठ, बुद्धिमायाँ आले र बेचन आले ले करिब तीन आना जति जग्गा दान गरेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा जग्गादाताहरुलाई तथा पोशाक दाताहरुलाई सम्मान गरिएको थियो । समूूहका सचिव प्रेमकुमारी श्रेष्ठले मन्तव्य मार्फत स्वागत गरिएको कार्यक्रमको सहजीकरण सदस्य कमला श्रेष्ठले गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *