बुलिङटार गाँउपालिका स्तरीय बालक्लब पुनर्गठन, अध्यक्षमा वि.क. चयन

बुलिङटार १८,
बुलिङटार गाँउपालिका स्तरीय बालक्लब पुनर्गठन तथा बालमैत्री अभिमुखिकरण तालिम सम्पन्न भएको छ । शनिबार त्रीभुवन माध्यमिक विद्यालयमा क्लबको नयाँ कार्य समिति गठन गरिएको हो । मनिस बि.क. को नतृत्वमा १५ जनाको कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा मन्दिप श्रेष्ठ र सदिक्षा सारु मगर, सचिवमा केशरीमायाँ तिवारी, कोषाध्यक्षमा नरेन्द्र लुङ्गेली, सह–सचिवमा देविका राना, सह–कोषाध्यक्षमा सृष्टि पाटा मगर सदस्यमा दिनेश बैमा मगर, अमित पुलामी मगर, प्रिति विरकट्टा, कृपा सुनार, भुमिका आले, अंकिता आले र दिलिप परियार रहनुभएका छन् ।

निवर्तमान अध्यक्ष टोल बहादुर राना मगरले भर्खरै चयन हुनुभएका अध्यक्ष मनिस वि.क. लाई पदभार हस्तानतरण गर्दै बाल क्लबको काम कारबाही र गरिमा अघि बढाउन शुभकामना दिनुभएको थियो । कार्यक्रम्मा निवर्तमान अध्यक्ष रानाले प्रमुख अतिथिको रुपमा रहनुभएका बुलिङटार गाँउपालिकाका अध्यक्ष शशिकिरण वास्तकोटिलाई ३९ ओटा बालमैत्री सुचक हस्तानतरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा बुलिङटार गाँउपालिकाका अध्यक्ष शशिकिरण बास्ताकोटिले अधिकारको खोजि गर्दै गर्दा कर्तव्यको पनि ख्याल गरिनु पर्नेमा जोड दिनु भयो । उहाँले बुलिङटार बालबालिकाको क्षेत्रमा सबै भन्दा ठूलो समस्य बालविवाह भएकाले बाल क्लबका पदाधिकारीहरुलाई विशेष बालविवाह न्यूनिकरणमा लाग्न आग्रह गर्नुभएको थियो । बाल विवाहले बालबालिकाको क्षेत्रमा मात्र नभई बुलिङटार पालिका भरिकैै कुरिती समाज बनेकाले सबै जनाप्रतिनिधीहरुलाई हातेमालो गर्न आग्रह गर्नभएको थियो ।

यसैगरि विशिष्ट अतिथि तथा बुलिङटार गाँउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सिताराम खनालले बालक्लब बाट नै बालबालिकाको हक अधिकारको विषयमा वकालत गर्न सजिलो हुने बताउनु भयो । बालक्लबमा आवद्ध भइसकेपछि भविष्यमा ठूलो नेतृत्व बहन गर्न सकिने क्षमता अभिवृद्धि हुने समेत जनाउनु भयो । खनालले बालबालिकाका लागि विभिन्न खालका वातावरण गाउँपालिकाबाट सहयोग हुने जानकारी दिनु भयो ।

यसैगरि विशिष्ट अतिति तथा बुलिङटार गाँउपालिकाका शिक्षा शाखा प्रमुख बुद्धप्रसाद रानाभाटले बालबालिकालाई किताबि ज्ञानको मात्र नभई बाहिरी ज्ञानको पनि आवश्यक पर्ने स्पष्ट पार्नुभयो । उहाँले शिक्षा शाखा बाल सञ्जाल संग हातेमालो गर्न अतुर रहेको बताउनु भयो ।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न माध्यमिक विद्यालयका प्रधानध्यापक, तथा समाजिक व्याक्तित्वहरुले मन्तव्य राखिएको थियो ।
कार्यक्रममा पालिका भरिका विभिन्न वडाका बालबालिकाहरुको सहभागिता रहेको थियो । सञ्जालका सचिव गुना सिञ्जालीले मन्तव्य मार्फत स्वागत गरिएको कार्यक्रमको सहजीकरण देव बडाचुलि मा.वि. का शिक्षक तिलक राम बिर्कट्टले गर्नु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *