गोरखनाथ आधारभूत विद्यालय कम्प्युटर तथा फर्निचर खरिद सु–सम्पन्न

बुलिङटार १९,
बुलिङटार गाँउपालिका वडा नं ५ राईकोट स्थित रहेको गोरखनाथ आधारधुत विद्यालयमा कम्प्युटर तथा फर्निचर खरिद सूसम्पन्न भएको छ । आइतबार विद्यालयको प्राङगाणमा एक कार्यक्रम आयोजना गरि उक्त सामाग्रीहरु हस्तानतरण गरिएको होे ।

विद्यालय व्यवस्थापनका अध्यक्ष पूर्व बहादुर राईको अध्यक्षमा भएको उक्त कार्यक्रमको प्रमख अतिथि बुलिङटार गाँउपालिकाका अध्यक्ष शशिकिरण बास्ताकोटी रहनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बास्ताकोटिले विद्याथीहरुलाई किताबी ज्ञानसंग संगै प्राविधिक ज्ञानहरुलाई पनि संगै बृद्धि गर्ने उदेश्यले गाँउपालिकाको तर्फबाट ८ थान कमप्युटर र २ थान ल्यापटप १ थान प्रोजेक्टर र केहि फर्निचरहरु सहयोग गरिएको बताउनु भयो । विद्यार्थीको लागि लगानी गर्न आफुहरु कन्जुस्याई नगरिएको बताउनु बताउनुभयो । प्रमुख अतिथि बास्ताकोटीले हस्तानतरण गरिएको प्राविधिक सामग्रीको उचित प्रयोग गरि विद्यार्थीहरुलाई लाभ लिन आग्रह गर्नु भएको थियो ।

यसैगरि बुलिङटार गाँउपालिका शिक्षा शाखा श्रोत शिक्षक देव बहादुर चितौरेले अभिभावकहरुलाई विद्यार्थीको सिकाई प्रकृयामा शिक्षकहरुमा मात्र भर नपरि अभिभावक स्यवमले पनि सहयोग गर्न आग्रह गर्नु भयो । उहाँले बालबालिकाको पहिलो पाठशाला भनेको घर भएकाले घरमा बालबालिको उच्च रेखदेख गरिनु पर्नेमा जोड दिनु भयो । श्रो शिक्षक चितौरेले शिक्षण सिकाईमा विद्यार्थीहरुसंग शिक्षा शाखा सधैं नजिक रहने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा विद्यालयमा प्रधानाध्यपक लोक बहादुर कुवारले विद्यालयको मात्र समस्य नभई समग्र गाँउकै समस्यहरुको उल्लेख गर्नु भयो । उहाँले जनाप्रतिनिधिहरुलाई समग्र गाँउकै विकासको बारेमा पनि जनप्रतिधिहरुलाई ध्यानकर्षण गराउनुभएको थियो ।

विद्याथीहरुद्धारा विभिन्न सांस्कृतिक कार्यक्रम भएको उक्त कार्यक्रममा विद्यार्थीहरुलाई विद्यालयमा हुने विविध अतिरिक्त कार्यक्रमको पुरस्कार वितरण गरिएको थियो । सोहि अवसरमा जग्गा दाता, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष तथा पुर्व प्रधानाध्यापक हरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा समाजसेवी मिन बहादुर लामिछाने, वडा सदस्य जय बहादुर बिर्कट्टा, नेपाली कांग्रेस वडा नं ५ का सभापति ठग बहादुर मल्ल, ने का पा एमाले वडा नं ५ कमिटीका अध्यक्ष धन बहादुर थापा मगर, उदय मा. वि. का प्रधानाध्यापक होम बहादुर सारु मगर, वडा सदस्य लेख बहादुर मल्ल, समाजसेवि हेम बहादुर मल्ल लगायतले मन्तव्य राखिएको थियो ।

बुलिङटार गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष पुर्ण सिं खण्डलुक, गाउकार्य समिति सदस्य दिल माया राना, वडा नं पाँच का वडा सचिव अत्सरा न्यौपाने, भुतपुर्व अध्यक्ष पिताम्बर सारु मगर, नेपाली कांग्रेस वडा नं ५ का सभापति ठग बहादुर मल्ल लगायतको उपस्थिति रहेको थियो ।
उक्त समाग्री प्रमुख अतिथि बास्ताकोतिले विद्यालयका प्रधानाध्यपक लोक बहादुर कुवारलाई हस्तानतरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *