बन्ने भयाे बुलिङटारमा प्राथमिक स्वास्थ्य सेवा केन्द्र

बुलिङटार, १९, नवलपुरको बुलिङटार गाँउपालिका वडा –३ सिंघुवामा बुलिङटार प्राथमिक स्वास्थ्य सेवा केन्द्र बन्ने भएको छ । बुलिङटार गाँउपालिकाका अध्यक्ष शशिकिरण बास्ताकोटीले सोमबार भवनको शिलान्यास गर्नुभएको हो । निर्माणका लागि ग्रीन वल्ड कन्स्ट्रक्सन काठमाडौंसंग २०७८ साल बैशाखमा सम्झौता भएको उक्त सुविधा सम्पन्न भवन यही आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको गाँउपालिका अध्यक्ष बस्ताकोटीले बताउनु भयो । बुलिङटारमा स्वास्थ्य सेवाकाे सहज पहुँचका लागि भवन निर्माण गर्न लागेकाे अध्यक्ष बास्ताकोटीले बताउनु भयो । उक्त भवन चाँडो भन्दा चाँडो निर्माण सम्पन्न गर्नं उहाँले कन्स्ट्रक्सन कम्पनीलाई आग्रह समेत गर्नुभएकाे छ ।
स्वास्थ्य चाैकीकाे भवन निर्माणका लागि बुलिङटार गाँउपालिकाबाट रु ८० लाख र जिल्ला समन्वय समितिबाट रु ५० लाख गरि जम्मा रु १ करोड ३० लाख बजेट उपलब्ध भएकाे बुलिङटार स्वास्थ्य शाखा प्रमुख अशोक श्रेष्ठले बताउनु भयो । भर्याङ सहित १२ कोठाको २ तले भवन बन्ने शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयाे ।त्यस लगत्तै १० शैयाको अर्काे भवन निर्माण सुरु गरिने श्रेष्ठले बताउनुभयो । स्वास्थ्यचाैकीमा आठाैं तहका मेडिकल अधिकृतबाट स्वास्थाेपचार, एक्स-रे,ई.सि.जि लगायत सेवा उपलब्ध छ । गाउँपालपकामा रहेका तीन वटा सामुदायीक स्वास्थ्य ईकाईबाट रिफर भई आउनेलाई उपचार सेवा प्रदान गर्ने गरेकाे प्रमुख श्रेष्ठले बताउनुभयाे । सुविधासम्पन्न भवनबाट सेवालाई प्रभावकारी बनाउन सके बुलिङ्टारका १९ हजार एक सय २२ जनसंख्या लाभान्वित हुने उहाँले बताउनुभयाे ।
शिलान्यास समारोहमा बुलिङटार गाँउपालिकाका उपाध्यक्ष मैना वि.क, बुलिङटार गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सिताराम खनाल, वडा नं ३ का वडा अध्यक्ष यम बहादुर झेँडी, कार्यपालिका सदस्य कुुल बहादुर कुमाल, नेपाल कुमाल समाज बुलिङटारका अध्यक्ष सन्त बहादुर कुमाल लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *