महोत्सव हाट बजारको परिस्कृत रुप— मुख्यमन्त्री पाण्डे

चितवन,

बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मेला महोत्सव भनेको हाट बजारको विकसित रुप भएको बताएका छन् । चितवन महोत्सवको १३ औं संस्करणको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएकाहुन् । “ देशका केही भागमा अझै पनि साताको दुई दिन हाट लाग्ने ठाउँहरु छन् जहाँ आफ्ना उत्पादन लिएर साना व्यवसायी पुग्छन् र विक्री गर्छन्, जसले केही नलिई गएका हुन्छन् उनीहरुलाई यो चिज त मैले पनि उत्पादन गरेको थिएँ ल्याएको भए विक्री हुने रैछ भन्ने सिकेर जान्छन् ,” मुख्यमन्त्री पाण्डेले भने , “त्यसकै परिस्कृत रुप हो महोत्सव जहा ँउत्पादन ल्याउने र नल्याउनेको मेल हुन्छ, ल्याउनेले विक्री गर्छन, केहीले किनेर लैजान्छन र केहीले सिकेर”। मेला महोत्सवलाई उनले वस्तु, ज्ञान र सीपको संकलन केन्द्र बताए ।

कोरोना महामारीको तेस्रो लहरको संक्रमण दर बढेर मेला महोत्सवको आयोजनामै प्रश्न उठिरहेको बेला महोत्सवको उद्घाटन गर्दै उनले कोभिड रहित वातावरण अब कल्पना गर्ने अवस्था नरहन सक्ने बताए । “कोभिड हट्ला र गरौँला भन्दै बसे आर्थिक रुपमा धेरै पछि पर्न सकिन्छ, कोभिड सहित उच्च सर्तकताका साथ आर्थिक गतिविधिमा संलग्नहुने अवस्थाआएको छ ,” उनले बताए ।

सो क्रममा चितवनलाई उनले चलाखहरु बस्ने जिल्लाको रुपमा परिभाषित गरे । “बसाई सर्ने मान्छे चलाख हुन्छ, उसले पुरानो ठाँउबाट जानेर आएको र नयाँ ठाउँमा सिकेको हुन्छ ,” उनले भने ,चितवनमा बसाई सरेर आउनेहरु धेरै भएकाले उनीहरुमा सीप र शैली धेरै भएको बताए ।”
बाग्मती प्रदेशलाई छिट्टै सीपयूक्त जनशक्ति भएको प्रदेश बनाउने परिकल्पना आफुले गरेको बताएका छन् । ३ महिने क्लोज्ड क्याम्पमा राखेर प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी तयारी गरीने उनले बताए । उद्यम क्षेत्रको विकासमा पनि सीपयूक्त जनशक्ति चाहिने भन्दै उद्योगी व्यवसायीले समेत यसका लागि योजना तर्जुमा गर्नुपर्ने उनले औल्याए । दक्ष जनशक्ति भए स्वदेशमै कामगर्न सक्ने र वैदेशिक रोजगार नै रोजे पनि हाल बार्षिक भित्रिरहेको रेमिट्यान्स तेब्बरले बढाएर भित्राउने ल्याकत राख्ने उनको ठम्याई छ । निजि क्षेत्रलाई सहयोग गर्न सरकार सारात्मक रहेको उललेख गर्दै उनले काम सुरु गर्नआग्रह गरे । “काम सुरु गरेपछि जहाँ रोकिन्छ त्यहाँ गुनासो गर्नुहोस् तत्काल समाधानको पहलहुनेछ” ,मुख्यमन्त्री पाण्डेले भने ,“कामनगरी गुनासो गर्ने प्रवृति धेरै छ गुनासो सुन्न कम्तीमा काम चाँही हुनैपर्छ ।”

महोत्सवको उद्घाटन सत्रमा आफ्ना भनाई राख्दै विशिष्ट अतिथि उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले कानुनी प्रक्रियालाई सहज बनाए निजि क्षेत्र काम गर्न संधै उत्साहीत रहेको बताए । “निजि क्षेत्रलाई आह्वान गरिएका ठाउँमा हामी काम गर्न तयार छौं,”उनले भने,“प्रक्रियागत जटिलता सुल्झाउन सरकारको सहयोग चाहिन्छ ।”
उद्घाटन सत्रमा बोल्दै भरतपुर महानगरका मेयर रेनु दाहालले चितवन महोत्सवमा चितवनका सबै पालिकाको अपनत्व आवश्यक रहेको बताइन् । भरतपुर महानगरमा आयोजना हुँदै आए पनि चितवनको गरिमा भएकाले सबैको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ । सो क्रममा मेयर दाहालले नारायणी नदी किनारको समग्र विकासका लागि निजि क्षेत्रको साझेदारी महत्वपूर्ण रहेको बताइन् । स्वदेशी तथा विदेशी लगानी कर्तालाई आह्वान गर्ने गरी तयारी भइरहेको उनले बताइन् ।

चितवन महोत्सवको उद्घाटन सत्रमा बोल्दै क्षेत्र नम्बर दुईका सांसद कृष्णभक्त पोखरेलले देशको आर्थिक विकासमा टेवापुग्ने गरी ढुक्कसंग व्यापार व्यवसायगर्ने अवस्था सुनिश्चित गरिनुपर्ने बताए ।
यस्तै बाग्मती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मिलनबाबु श्रेष्ठले उद्योग व्यवसाय फस्टाएमात्रै रोजगारका अवस्था सृजनाहुने जोड दिए । कार्यक्रममा नेपालीकांग्रेस जिल्ला सभापति जीत नारायण श्रेष्ठ, नेकपा एमाले बाग्मतीप्रदेश कमिटी सदस्य रामप्रसाद न्यौपाने, माओवादी केन्द्रका जिल्ला अध्यक्ष यम बहादुर परियार, नेकपा एकिकृत समाजवादीका जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपानेले मन्तव्य राखेकाथिए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा समुद्घाटन समारोह भएको हो ।

१३ औँचितवनमहोत्सव सुरु

१३ औँचितवन महोत्सव आइतबार देखि सुरु भएको छ । महोत्सवको उद्घाटन बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गरेकाछन् । महोत्सव उद्घाटन पूर्व आइतबार बिहान शोभायात्रा निकालिएको थियो । शोभा यात्रामा विभिन्न जातजातीको भेषभूषा सहितको झाँकी निकालिएको थियो ।

महोत्सवमा चार वटा विशेष र डोम सहित करिव ४ सय वटा स्टल रहेकाछन् । प्रवेशद्धारको दाहिने पट्टी कृषि परिसरबाट सुरु भएर पोल्ट्री परिसर, बालउद्यान, गार्मेन्ट सामग्री, अटो ल्याण्डका परिसर छन् । प्रत्यकदिन राष्ट्रिय तथा स्थानिय कलाकारको उपस्थितीमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने छ । महोत्सव परिसरमा निशुल्क खानेपानीको व्यवस्था गरिएको छ । अवलोकन कर्ताको सहजताका लागि विविध स्थानमा क्याविन शौचालयको व्यवस्थापन गरिएको छ । नेपालमा उत्पादन भएका सामग्रीहरुलाई प्राथमिकताका साथ प्रवद्र्धन गर्न मेड इन नेपाल परिसर राखिएको छ ।

उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा प्रत्यक दुई वर्षमा चितवन महोत्सव हुँदै आएको छ । विस २०५३ सालदेखि हरेक दुई वर्षको अन्तरालमा हुँदै आएको महोत्सव अघिल्लो वर्ष कोरोना महामारीका कारण गरिएन । यस पटक महामारीकै बीच स्वास्थ्य सर्तकता सहित महोत्सव आयोजना गरिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक राजु श्रेष्ठले बताए । महोत्सवको टिकटसँगै सबैलाई मास्क र महोत्सव परिसर प्रवेशद्वारमा मास्क र स्यानिटाइजरको व्यवस्था गरिएको छ । महोत्सव हेर्न जाने सर्वसाधारणका लागि ५० रुपैंया र विद्यार्थीकालागि २५ रुपैंया टिकट शुल्क तोकिएको छ । ज्येष्ठ नागरिक, एकलमहिला, शहीद परिवार र अपाङ्गता भएका व्यक्तिको लागि भने टिकट काट्नु नपर्ने व्यवस्था गरिएको छ । महोत्सव माघ ४ गतेसम्मचल्ने छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *