अभियान चलाउन मेला महोत्सव सहज

पुस २८,
चितवन । चितवन महोत्सव परिसरमा वे ग्रुप नेपालले राखेको स्टलमा म फोहोर गर्दिन भनेर हस्ताक्षर संकलन भइरहेको थियो । त्यहाँ राखिएको पुस्तिकामा हस्ताक्षर गर्दै गर्दा भेटिइन् भरतपुर ११ बसेनीकी बेलीमाया राना मगर । उनीसंगै आएका अरु तिन जनाले पनि सो हस्ताक्षर संकलन अभियानलाई ऐक्यवद्धता जनाउँदै पुस्तिकामा हस्ताक्षर गरे । वे ग्रुप नेपालले चितवन महोत्सव आउने अवलोकनकर्तालाई लक्षित गर्दै सरसफाई चेतनाका लागि थालेको अभियानमा महोत्सवको अन्तिम दिन बुधबार सम्म १५ सय ले हस्ताक्षर गरेकाछन् । पुस २५ गतेदेखि सुरु भएको महोत्सवको चौथो दिन सम्म १५ सयले हस्ताक्षर गरेकाहुन् । स्टलमा आइपुगेका अवलोकनकर्तालाई ग्रुपका स्वयम्सेवीले सरसफाई चेतनासंगै आकर्षणका लागि निशुल्क खेल खेलाएका थिए । खेलमा गोला छान्न लगाई त्यसमा लेखे अनुसार सरसफाई सामाग्री समेत निशुल्क उपलब्ध गराइएको ग्रुपका संयोजक भोजनारायण कंडेलले बताए ।

“बोलेर मात्र भन्दा सरसफाई उपयोगि सामा्रगी दिए परिवर्तन आउँछ की भन्ने आशा सहित हामीले सरसफाई प्रोत्साहन स्वरुप डस्टबिन र डस्टप्यान वितरण गरेका हौ ,”उनले भने । वे ग्रुपको स्टलबाट उपहार स्वरुप ५ सय जनाले डस्टप्यान र १ सय १८ जनाले डस्टबिन लगे । यस्तै ५० जनाले प्लाष्टिक जन्य सामाग्रीबाट पुर्नप्रयोग गरी बनाइएका लकेट तथा अन्य सामाग्री उपहार लगेकाछन् ।

‘हप्ताको एकदिन एकछिन समाजका लागि’ भन्ने नारासहित सामाजिक सेवा गर्ने उद्धेश्यले २०७३ साल जेठ २४ गते सुरुआत गरेको वे ग्रुप नेपालले
यस अघिका चितवन महोत्सवमा सरसफाई चेतनाका लागि स्टल राख्दै आएको थियो । अभियानका कार्यक्रम चलाउन मेला महोत्सव प्रभावकारी भएको कंडेलको अनुभव छ । “अन्य समयमा हामीले यही कार्यक्रम गर्न मान्छे एककिृत गर्न नै समय लाग्थ्यो ,”कंडेलले भने ,“महोत्सवमा मानिसको आवतजावत हुने भएकाले अभियानलाई मासमा पु¥याउन सहज हुन्छ । ”

वे ग्रुप नेपालले चितवन महोत्सव परिसरमा विभिन्न स्थानमा कुहिने र नकुहिने फोहोर संकलनका लागि ३० वटा डस्टबिन राखेको थियो । महोत्सव समापन भएसंगै ती डस्टबिन बजारका मुख्य भिड हुने क्षेत्रमा राखिने बताएको छ । वे ग्रुपले म फोहोर गर्दिन हस्ताक्षर अभियानसंगै चितवन सेवा समाज र वेटर चितवनको सहकार्यमा प्लाष्टिक जन्य सामाग्रीको पुन प्रयोग गरी विभिन्न हस्तकलाका सामाग्री बनाउने तालिम दिने गरी स्टल राखेको थियो । स्टलमा पुन प्रयोग गर्न मिल्ने सामाग्रीबाट बनाउन सकिने हस्तकलाका सामाग्रीका लागि ३० जनाले नाम टिपाएकाछन् ।

चाउचाउको खोल, दुधको प्याकेट, प्लाष्टिक झोला, रस्सीहरुबाट बनाउन मिल्ने रिकापी, कि रिङ,ह्याण्डब्याग बनाउन तालिम दिने गरी स्टल राखिएपनि महोत्सव समापन भएकाले छिट्टै कुनै कार्यक्रम मार्फत तालिम उपलब्ध गराउने सोच रहेको बेटर चितवनका सागर कार्कीले बताए । तालिम लिनका लागि नारायणगढकी शान्ता अधिकारीले पनि नाम टिपाएकीछिन् । उनले आफ्ना विद्यार्थीलाई सहभागि गराउने गरी तालिम ल्याउन आग्रह गरिन् । मेला महोत्सवहरु सीप सिक्ने सिकाउने थलो भएको शान्तीले बताइन् ।

यस बीच कोरोना महामारी फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै बुधबार चौथो दिनमा १३ औं चितवन महोत्सवको समापन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *