अर्को वर्ष महोत्सव गर्ने घोषणासंगै चितवन महोत्सवको १३ औं संस्करण समापन

पुस २८,
चितवन । १३ औं संस्करणको चितवन महोत्सव बुधबार समापन गरिएको छ । उद्योग वाणिज्यसंघ चितवनका अध्यक्ष राजु श्रेष्ठले अर्को वर्ष १४ औं संस्करणको चितवन महोत्सव गर्ने घोषणा गर्दै चौथो दिनमा महोत्सव समापन गरेकाहुन् ।“ कोरोना महामारीको जोखिमका कारण हामी चौथो दिनमा महोत्सव समापन गर्दै छौं,” अध्यक्ष श्रेष्ठले भने ,“अर्को वर्ष हामी १४ औं संस्करणको महोत्सव गर्नेछौं त्यसको घोषणा आजै गर्छु ।”

चार दिनमै महोत्सव स्थगन गर्नुपरेपछि महोत्सव मुल आयोजक कमिटिले चितवन महोत्सवमा स्टल राखेका व्यवसायीहरुलाई ५० प्रतिशत रकम फिर्ता गर्ने निर्णय गरेको छ ।

कोरोना महामारीको संक्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले मेला महोत्सव रोक्न निर्देश गरेसंगै महोत्सवको समयावधी अगावै समापन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *