सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले १० औं वर्ष पार

भरतपुर १६, शरणपुर
सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको १० औ बर्ष पार गरेको छ । संस्थाले बुधबार सो अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरि ९ वर्षलाई बिधाई गरिएको हो।

यहि पौष १९ गते श्री माध्यमिक बिधालय ढड्डाघारीको ५८ औ बार्षिक उत्सव एव अभिभावक दिवसमा भरतपुर महानगरका मेयर रेणु दाहालज्युको उपस्थितिमा जेहन्दार बिद्यार्थीहरुलाइ पाठ्यपुस्तक हस्तान्तरण गरिएको थियो भने पौष २८ गते संस्थाले आफ्नो प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

संस्थाको अध्यक्ष थानेस्वर घिमिरेको अध्यक्षतामा , भरतपुर १६ का वडा अध्यक्ष अमृत राज हमाल को प्रमुख आतिथ्यता , जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिश्वर चन्द्र सुबेदिको विशिष्ट आतिथ्यता , स्थानीय समाज सेवि तथा टोल सुधारका प्रतिनिधिको उपस्थितिमा खुल्ला रक्तदान कार्यक्रम गरि सम्पन्न भएको छ।

खुल्ला रक्तदान कार्यक्रममा ३३ पिन्ट रगत संकलन भएको संस्थाका सचीव एव कार्यक्रम संयोजक डा. विष्णुहरि शर्माले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *