नवलपुरमा ७१ जना कोरोना संक्रमित थपिए

बुलिङटार, पुस ३०,

पछिल्लो २४ घण्टामा नवलपुरमा ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला अस्पताल नवलपुरका अनुसार शुक्रबार मात्रै ७१ जना नयाँ संक्रमित थपिएकाहुन् ।

 

जसमध्ये गैंडाकोट नगरपालिकामा ६ जना, देवचुलि नगरपालिकामा १ कावासोती नगरपालिकामा ३८ जना, मध्यविन्दु नगरपालिकामा १७, विनयी त्रिवेणी गाँउपालिकामा ७, हुप्सेकोट गाँउपालिकामा २ गरि ७१ नयाँ संक्रमित थपिएका हुन् ।

 

हालसम्म सक्रिय संक्रमितको संख्या १ सय ६३ पुगिसकेको छ ।

 

यसैगरि जिल्लामा शुक्रबारसम्म संक्रमण मुक्त हुनेको संख्या जम्मा २ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *