लायन्स क्लबद्धारा विद्यालयलाई सातलाख बराबरको आर्थिक सहयोग

षौष ३०, गैंडाकोट – लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी,२ नेपालको एरिया नम्बर ३ अन्तरगत रहेका चार वटा क्लव लायन्स क्लव अफ चितवन चौतारी, लायन्स क्लव अफ चितवन समृद्धि, लायन्स क्लव अफ चितवन स्पन्दन र लायन्स क्लव अफ गैंडाकोट उत्कृष्टले आर्थिक सहयोग गरेका छन् ।

शुक्रवार नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्बर ३ ताते्रवास विन्दापुरमा रहेको पन्चकन्या आधारभूत विद्यालयलाई ती संस्थाले सात लाख बराबरको आर्थिक सहयोग गरेका हुन् । क्लबद्धारा निर्माण गरिएको एक कोठे भवनको आज एक कार्यक्रमका बीच अनावरण गरिएको छ । सो कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका प्रमुख छत्र राज पौडेल, विशिष्ठ अतिथि लायन्स क्लव अन्तराट्रिय डिस्ट्रिक्ट ३२५ बी,२ नेपालका डिस्ट्रिक्ट गर्भनर पिएमजेएफ लायन राम प्रसाद भट्ट , नायक पल शाह लगायतले संयुक्त रुपमा अनावरण गर्नुभएको हो ।

चार वटा लायन्स क्लवहरुको सयुंक्त आर्थिक सहयोगमा विद्यालयको एक कोठे भवन निर्माण, जीर्ण अवस्थामा रहेका विद्यालयको भौतिक संरचनाको पुर्ननिर्माण लगायतका लागि लायन्स क्लवले करिब सातलाख आर्थिक सहयोग गरेको लायन्स क्लव अफ चितवन चौतारीका अध्यक्ष एमजेएफ लायन डा। गंगा सापकोटाले जानकारी दिनुभयो । सो अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई तीसहजार रकम बराबरको जाडोका लागि स्वेटर र शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

लायन डा. सापकोटाले यी लायन्स क्लबहरु मार्फत यसै वर्ष विद्यालयमा साठी हजार लगानीमा आधुनिक खानेपानी ट्यांकीको व्यवस्थापन, खेलमैदान लगायतका पूर्वाधार सम्पन्न गर्ने गरी विद्यालय व्यवस्थापन समिति र स्थानीय निकाय संग सहकार्य भएको र डिस्ट्रिक्ट ३२५ बी,२ नेपालको लायन्स भिलेज प्रोजेक्ट अनुसार यस विद्यालयमा नै संस्थाका सबै कार्यक्रमहरु संचालन गर्ने बताउनु भयो ।

कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख पौडेल सहित नायक पल शाह डिस्ट्रिक्ट गर्भनर पिएमजेएफ लायन राम प्रसाद भट्ट लगायतले मन्तव्य राख्नुभएको थियो ।

सो कार्यक्रममा लायन्स क्लव अन्तराट्रिय डिस्ट्रिक्ट ३२५ बी,२ नेपालका सिनियर लिडर, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी साथै अन्य संघसंस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । लायन पूर्ण शर्माले संचालन गर्नुभएको कार्यक्रममा लायन किरण के सी ले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम लायन्स क्लव अफ चितवन चौतारीका अध्यक्ष एमजेएफ लायन डा. गंगा सापकोटाको अध्यक्ष्यतामा सम्पन्न भएको हो ।

वि।स। २०४६ सालमा स्थापना भएको यस विद्यालयमा कक्षा १ देखि ५ सम्म जनजाती दलित, केही ब्राह्मर्ण समुदायका गरी छात्र १७ र छात्र १८ गरि जम्मा ३५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयकी प्राचार्य राधिका भण्डारी घिमिरेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *