नवलपुरमा ६९ हजार ५०१ ले बढ्यो जनसंख्या, सवैभन्दा धेरै कावासोतीमा थोरै बाौदिकालिमा

१२ माघ,गैँडाकोट
डोलराज रानाभाट । नवलपुर जिल्लाको जनसंख्या ६९ हजार ५०१ ले बढेको छ । तथ्याङ्क विभागले आज सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्क अनुसार १२औँ राष्ट्रिय जनगणना २०७८ बाट नवलपुरमा ३ लाख ८१ हजार १०५ जनसंख्या पुगेको हो । २०६८ मा नवलपुरको जनसंख्या ३ लाख ११ हजार ६०४ थियो ।

१.९३ प्रतिशतले बृद्धि भएको जिल्लाको कुल जनसंख्यामध्ये २ लाख १ हजार ६५९ जना महिला र १ लाख ७९ हजार ४४६ जना पुरुष रहेका छन्। २६७ जनघनत्व रहेको नवलपुरमा ९५ हजार ३५८ परिवार संख्या र ८४ हजार ६९५ जनगणना घर संख्या रहेको तथ्याङ्क सार्वजनिक भएको हो ।

जिल्लामा देशभरकै कार्यक्रम अनुसार भदौ ३० देखि असोज १८ सम्म घर तथा घरपरिवार सूचीकरण र कार्तिक २५ देखि मंसिर ९ गते सम्म जनगणना गरिएको थियो । जिल्लाभर ११० जना सुपरीवेक्षक र ४८४ गणक खटिएका थिए । गणकमध्ये ती मध्ये संस्थागत गणनाका लागि नेपाली सेनाबाट १ जना, सशस्त्रबाट १ जना र नेपाल प्रहरीबाट १ जना काजमा खटाएर गणनाको कार्य सम्पन्न भएको थियो।

जिल्लामा रहेका आठ स्थानीय तहमध्ये सवैभन्दा धेरै जनसंख्या कावासोती नगरपालिकामा रहेका छन्। जहाँ ४६ हजार २८६ जना महिला र ४० हजार ८९० जना पुरुष गरी कुल ८७ हजार १७६ जना छन् ।

 

जहाँ २२ हजार १८४ परिवार संख्या र १९ हजार ५६८ जनगणना घर संख्या रहेको छ । सवैभन्दा कम बौदीकालि गाउँपालिकामा जनसंख्या रहेको पाइएको छ । जहाँ ६ हजार १७५ महिला र ५ हजार १६४ पुरुष गरी कुल ११ हजार ३३९ जना छन् । २९१४ परिवार संख्या र २६७६ जनगणना घरसंख्या रहेको छ ।
हेर्नुहोस तथ्याङ्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *