कावासोतिका मेडिकल र फार्मेसी नियमबिपरित सन्चालन, म्याद नाघेका औसधिहरु बिक्रि गर्दै

कावासोती । कावासोतीमा अनुगमनको क्रममा नियम बिपरित फार्मेसि र मेडिकलहरु सञ्चालनमा आयको पाईयको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यलय, स्वास्थ्य कार्यलय, जिल्ला अस्पताल, घरेलु कार्यलय, कावासोती नगरपालिका र उद्योग बाणिज्य संघको प्रतिनिधिले कावासोतीमा फार्मेसी र मेडिकल क्लिनिकको अनुगमन गरेको थियो। अनुगमनको क्रममा म्याद सकियका औषधि पसलबाट बिक्रि गरिएको, स्वास्थ्यको न्युनतम मापदण्ड पनि पालन नगरिएको दर्ता बिना सञ्चालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङत बरालले जानकारी गराउनुभयो ।

कावासोतीमा ८ मा रहेको अमृत मेडिकल हलमा फार्मेसी सञ्चालनमा अनुमती लिए पनि क्लिनिक सञ्चालन गरेको भन्दै क्लिनिकलाई तत्काल बन्द गर्न लगाएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनुभएको छ । कावासोती लगायत नवलपुरमा अधिकांश मेडिकलहरु नियम बिपरित सञ्चालनमा रहेको घरेलु कार्यलयका प्रमुख राधा सापकोटाले जानकारी गराउनुभएको छ ।

फार्मेसी दर्ता गरेर क्लिनिक सञ्चालन गर्न पाईदैन यस्तो गरेको पाईएमा तत्काल बन्द समेत गराउन सकिने जनस्वास्थ्य कार्यलयका स्वास्थ्य निरीक्षक मुक्तिनाथ भट्टराईले जनाउनुभयो । कावासोतीमा अधिकांश फार्मेसिमा म्याद नाघेका औषधिहरु बिक्रि गर्ने गरेको र आम नागरिक ठगिने गरेको पाईयपछी जिल्ला प्रशासन कार्यलयले अनुगमनमा तिब्रता दिएको छ ।

कावासोती २ मा रहेको लुम्बिनी फार्मेसिमा समेत नियम बिपरित सञ्चालनमा आयको पाईएको छ । अनुगमनको क्रममा सरसफाईलाई ख्याल नगरिएको म्याद गुज्रिएको औषधि बिक्रिमा राखिएको जुन उद्देश्यले सञ्चालन अनुमती लिईएको हो । त्यो नभयको पाईएको छ । यस भन्दा अगाडि पनि सचेत गराईएका पसलहरु अझै सुधार नभएकोले ७ दिन भित्र सुधार गरि लिखित रुपमा प्रशासनमा जानकारी गराउन सञ्चालकलाई जानकारी गरिएको छ।

अनुगमनका क्रममा सञ्चालनमा आयका ल्याबहरु ९प्रयोगशाला० नियम बिपरित सञ्चालमा देखिएको र त्यस्ता ल्याबहरु तत्काल बन्द गरि नियम अनुसार सञ्चालन गर्न लगाईएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी गराउनुभएको छ । नवलपुर जिल्लामा अधिकांश स्वास्थ्यसंग सम्बन्धित पसलहरु बिना दर्ता सञ्चालन गरेको जुन उद्देश्यले दर्ता गरिएको हो । फरक उद्देश्यमा संचालित भएको पाईएकोले त्यस्ता पसलहरु र सञ्चालकलाई समेत कारबाही हुने अनुगमनमा जानकारी गराईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *