बुलिङटार गाँउपालिकाको दशौं गाउँ सभा सम्पन्न

बुलिङटार,२४
बुलिङटार गाँउपालिकाको दशौं गाउँ  सभा सम्पन्न भएको छ । सोमबार सम्पन्न भएको उक्त कार्यक्रममा बुलिङटार गाँउपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले रु ४ करोड ३३ लाख ५० हजार रुपैंया बराबर बजेटको सम्बोधन गर्नु भएको छ ।
बुलिङटार गाँउपालिकाको कार्यालयमा भएको कार्यक्रममा अध्यक्ष बस्ताकोटीले बुलिङटार गाँउपालिकाको पहिलो जनप्रतिनिधि भएकाले विकासको कामहरु धेरै सिक्दै अगाडी बढेको बताउनु भयो । अध्यक्ष बस्ताकोटीले भन्नुभयो “सिकाईको क्रममा कतै त्रुटी हुनसक्छ त्यसैले जनताको सामु माफी माग्नु परेमा हामी जनप्रतिनिधि भएको हैसियतले माफि माग्न तयार हुनुपर्छ ।” उहाँले यो अन्तिम बजेट भएको र आफुहरुको पाँच वर्ष कार्यकाल मध्य अब जम्मा तीन महिना बाँकी रहेकाे सबै जनप्रतिनिधिहरुलाई स्मरण गराउनुभयाे । अबको तीन महिना भित्रमा आफुहरुले तय गरेका विकासको शिर्षकका काम पूरा गर्न तिव्र रुपमा लाग्नुपर्ने उहाँले जाेड दिनुभयाे ।
अध्यक्ष बस्ताकोटीले ५ वर्षको कार्यकालमा आफुहरुले गरेको विकासलाई एउटा किताबमा उतारी सबै जनताहरु सामु पुर्याउने योजना समेत गरेको बताउनु भयो । उहाँले भन्नु भयो “ जनप्रतिनिधिले गरेको काम बुझ्न सबै आम जनताको अधिकार छ, हामीले गरेको कामहरु एउटा किताबमा उतारयाैं भने आम जनताहरुलाई हामीले गरेको कामहरु बुझ्न सजिलो हुन्छ । ”
अध्यक्ष बस्ताकोटीले गाउँपालिकाले स्वास्थ्य, शिक्षा, बाटोघाटो, खानेपानी लगायतमा फड्को मारेको बताउनु भयो ।
कार्यक्रममा सबै जनप्रतिनिधिहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गाँउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सिताराम खनालले सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *