अत्रौलीमा बुटिक, सिलाईकटाई तथा हलुका सवारी चालकहरुका तालिम शुरु

बुलिङटार, २७
नवलपुरको बुलिङटार गाँउपालिका वडा नं ६ अत्रौलीमा बुटिक, सिलाईकटाई तथा हलुका सवारी चालकहरुका तालिम शुरु भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद गण्डकी प्रदेश र बुलिङटार गाँउपालिकाको संयुक्त आयोजनामा उद्धघाटन भएको हो । बुधबार उद्धघाटन गर्दै बुलिङटार गाँउपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले सीपमूलक तालिम आजको आवश्यकता भएको बताउनु भयो । विभिन्न सीपमूलक तालिमले देशका बिरोजगार युवायुवतीहरुलाई रोजगारी बनाउन सकिने अध्यक्ष बस्ताकोटीले बताउनु भयो । उहाँले अतभखत द्धारा मान्यता प्राप्ता प्राविधिक शिक्षालयको स्थापना गर्न सफल भएकोमा शिव मा.वि का पूर्व प्रधानध्यापक ओमकुमार श्रेष्ठलाई धन्यवाद तथा बधाई समेत दिनु भयो । उहाँले भन्नु भयो “तालिममा सहभागि भएर मात्रै हुदैँन तालिमबाट लिइएको ज्ञानलाई व्यवहारमा उतारे मात्रै तालिमको प्रभावकारी हुन्छ । तपाईहरु लाग्नुस तपाइहरुका लागि गाँउपालिकाले सहयोग गर्ने छ ।”

 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद गण्डकी प्रदेशका निर्देषक प्रमोद भक्त आचार्यले विगतका कार्यक्रमहरु प्रभावकारी बन्न नसकेको हुनाले गण्डकी प्रदेश भित्रका विभिन्न स्थानिय तह तथा विभिन्न संघसस्था संग समन्वय भएर आफुहरु लागेको बताउनु भयो । उहाँले अतभखत द्धारा परिक्षा लिने भएकाले तालिममा सहभागिहरुलाई निरनतर्ताका साथ सहभागि हुन आग्रह समेत गर्नु भयो ।

बुटीकमा २० जना, सिलाईकटाईमा २० जना र हलुका सवारी चालकमा २० जनाको सहभागि रहेको तालिमका संयोजक प्रकाश देवकोटाले जानकारी दिनु भयो ।

बुटीकमा दिया महत्व, सिलाईकटाईमा गौरी थापा र माया थापा मगरले तालिम दिइने छ भने हलुका सवारी चालकमा भने कृष्णप्रसाद पोख्रेल ले दिइने छ ।
उद्धघाटन समारोहमा बुलिङटार गाँउपालिकाका उपाध्यक्ष मैना बि.क, वडा नं १ देखि ६ सम्मका वडा अध्यक्षहरु, मेडिकल अधिकृत डा. हिमाल खत्रि, शिव माध्यमिक विद्यालयका प्रधानध्यापक, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *