‘चौथो बुलिङटार अध्यक्ष कप २०७८’ फागुन एक गते देखि

‘चौथो बुलिङटार अध्यक्ष कप २०७८’ फागुन एक गते देखि
बुलिङटार,२७
बुलिङटारमा ‘चौथो बुलिङटार अध्यक्ष कप २०७८’ हुने भएको छ । युवा तथा खेलकुद विकास समिति बुलिङटार गाँउपालिकाको आयोजनामा यहि फाल्गुन १ गते देखि प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा जिल्ला भरिका आठ स्थानिय तहहरुलाई सहभागी गराइने गाँउपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले जानकारी दिनुभयो । बुलिङटार ३ चन्टार रंगशालामा हुने अध्यक्ष कप प्रतियोगितामा जिल्ला भरिका प्रत्येक स्थानीय तहका महिला र पुरुष खेलाडीहरुलाई सहभागी गराइने अध्यक्ष बस्ताकोटीले बताउनु भयो ।

विगत ४ वर्षदेखि बुलिङटार गाँउपालिकाको सहकार्यमा विविध खेलकुद प्रतियोगिता हुदैँ आएको छ । प्रतिस्पर्धामा पुरुष तथा महिला बीच भलिबल, व्याडमिन्टन, म्याराथन प्रतियोगिता हुने युवा तथा खेलकुद विकास समिति बुलिङटार गाँउपालिकाका अध्यक्ष तिल बहादुर खण्डलुक मगरले बताउनु भयो । जिल्ला भरिका नयाँ खेलाडी उत्पादन गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरेको खेलकुद विकास समितिका अध्यक्ष खण्डलुक मगरले जानकारी दिनु भयो ।
पुरुष नकआउट फुटबल तथा भलिबल प्रतियोतिामा क्रमंश १ लाख ३५ हजार, ७५ हजार र सेमिफाइनलमा पुग्ने दुवै टीमलाई २५÷२५ हजार नगद सहित शिल्ड र प्रमाण पत्र प्राप्त गर्ने छन् । यसैगरि विविध खेल्कुदमा विविध पुरस्कार राखिएको बताउनु भयो ।
प्रतियोगिता फागुन १ गते देखि ७ गते सम्म हुने खेल्कुद विकास समितिका सचिव भेट बहादुर रानाले बताउनु भयो । एक हप्तामा विविध खेल सञ्चालन गरि सम्पन्न गर्न लागिएको रानाले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *