हडाहामा सामुदायिक स्वास्थ्य इकाईको भवन उद्धघाटन

हडाहा, २७
हडाहामा सामुदायिक स्वास्थ्य इकाईको भवन उद्धघाटन भएको छ । बुधबार बुलिङटार गाँउपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले सामुदायिक भवनको उद्धघाटन गर्नुभएको हो । उद्धघाटन गर्दै प्रमुख अतिथी बस्ताकोटीले आफ्नो पाँच वर्षको कार्यकालमा सबैभन्दा बढि स्वास्थ्य क्षेत्रमा फड्को मारेको महसुस भएको बताउनु भयो । उहाँले स्वास्थ्यलाई जटिल र संवेदनशीलताको रुपमा हेरि काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो “हडाहाका जनसमुदायहरुका लागि स्वास्थ्य सेवाका लागि खुशीको दिन आएको छ । पहिला पहिला एउटा सिटामल लिन पनि दुई घण्टा हिड्नु पथ्र्याे अब त्यो दिन हटेको छ । अब प्राथमिक स्वास्थ्य सेवा पाँउन सहज हुन्छ ।” उहाँले थप्नु भयो “भवन बनाउनका लागि जग्गा नभएको भए भवन बनाउने काममा थप समस्य हन्थ्यो, धन्न जग्गा दिनु भयो, जग्गादातालाई सम्मान स्वरुप धन्यवाद दिन चाहन्छु । ”

कार्यक्रमलाई संवोधन गर्दै गाँउपालिकाका निमित्त प्रमुख प्रशासकीया अधिकृत सिताराम खनालले औषधोपचारका लागि थप सामाग्री आवश्यक परेमा तुरुन्त स्वास्थ शाखा तथा गाँउपालिकामा सम्पर्क गर्न आग्रह गर्नुभयो ।

यसैगरि बुलिङटार स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठले स्वास्थ्य क्षेत्रका लागि गाँउपालिकाले सकरात्मक रुपमा हेरि काम गरेको बताउनु भयो । उहाँले भन्नुभयो “स्वास्थ्य क्षेत्रका लागि बुलिङटार टिमले सधैँ सकरात्मक रुपमा हेरि काम अगाडी बढाउनुभयो, मैले स्वास्थ्य क्षेत्रका विकासका लागि यो गरम भन्दा कहिल्यै नाइनास्ती गर्नुभएन यसका लागि गाँउपालिका टिमलाई धन्यवाद दिन चाहन्छु ।” सुविधा सम्पन्न भवन रु १० लाखमा बनेको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताउनु भयो ।
पालिका भरिमा हाल सम्म चारवटा स्वास्थ्य इकाई, दुई वटा बर्थ सेन्टर र दुई वटा ल्याब सञ्चालनमा आइसकेको श्रेष्ठले बताउनु भयो ।

यसैगरि नेपाली कांग्रेस बुलिङटार गाँउपालिकाका सभापति ओमकुमार श्रेष्ठले जनसमुदायलाई सहज हुने गरि उक्त भवन बनाउनका जग्गा दिएको बताउनु भयो । उक्त सामुदायिक स्वास्थ्य एकाई बाट करि १२५ घरधुरीले सेवा लिन सकिने श्रेष्ठले बताउनु भयो ।
उद्धघाटन समारोहमा बुलिङटार गाँउपालिकाका उपाध्यक्ष मैना बि.क, वडा नं १ देखि ६ सम्मका वडा अध्यक्षहरु, मेडिकल अधिकृत डा. हिमाल खत्रि, शिव माध्यमिक विद्यालयका प्रधानध्यापक, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *