गैँडाकोट ५ मा नेपाली काँग्रेसको पारिजात र पूर्ण टोल गठन

२८ माघ, गोविन्द रिमाल,शुक्रबार ।नेपाली काँग्रेस वडा नं ५ ले पारिजात र पूर्ण टोल समिति गठन गरेको छ । हालसम्म वडा नं ५ मा ११ ओटा टोल समिति गठन गरिएको जानकारी वडा सभापति लक्ष्मण कार्कीले दिनुभयो । पारिजात टोल समितिको गठन कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मदनभक्त अधिकारीले नजिकै आएको निर्वाचनमा नेपाली काँग्रेसका उमेदवारलाई विजयी बनाउन आग्रह गर्नुभयो । कार्यक्रमका विशेष अतिथि समेत रहनुभएका नेपाली काँग्रेस नगर सभापति बद्री सापकोटाले नेपाली काँग्रेसको आधार विन्दु टोल समिति भएकोले जग बलियो बनाउन आफ्नो ध्यान केन्द्रित भएको बताउनुभयो । कार्यक्रममा टोल समितिको काम, कर्तव्य र अधिकारको विषयमा नगर सचिव गोविन्द घिमिरेले मन्तव्य राख्नुभएको थियो । निर्वाचन प्रकृयाको सहजीकरण सहजकर्ता गोविन्द रिमालबाट भएको सो कार्यक्रममा गोविन्दप्रसाद पौडेलको सभापतित्व रहेको थियो भने वडा सचिव दीपक ढुङ्गानाले सञ्चालन गर्नुभएको थियो । दुवै कार्यक्रममा स्वागत मन्तव्यसहित जानकारी वडा समितिका उपसभापति विष्णु गौतमले राख्नुभएको थियो । त्यसै गरी पूर्ण टोलमा आयोजित कार्यक्रमको प्रमुख अतिथि खडानन्द उपाध्याय श्याम रहनुभएको थियो । सो कार्यक्रमको सञ्चालन वडा सहसचिव विष्णुराज सिग्देलले गर्नुभएको थियो भने अध्यक्षता मुक्तिनाथ न्यौपानेको रहेको थियो । नवगठित पारिजात टोल समितिको सभापतिमा वेदप्रसाद गौतमको संयोजकत्वमा १५ सदस्यीय समिति गठन भएको छ । समितिको उपसभापतिमा छवीलाल ढुङ्गाना, सचिव अर्जुन पौडेल, कोषाध्यक्ष पार्वती शाह, सहसचिव अजय पौडेल र सदस्यहरुमा रामचन्द्र लामिछाने, रामनाथ सापकोटा, सीता लामिछाने, तुलसी कँडेल, क्षितिज तिवारी, तारानाथ सापकोटा, गंगा परियार, ऋषिराम सापकोटा, कविजा भुषाल कँडेल र चन्दन विश्वकर्मा रहनुभएको छ । त्यसैगरी पूर्ण टोल समितिको सभापतिमा बिमबहादुर अर्ज्याल, उपसभापतिमा यदुलाल शर्मा ढकाल, सचिव गीता शर्मा ढकाल, कोषाध्यक्ष टंकप्रसाद पौडेल सहसचिव भूमिश्वर पौडेल, सदस्यहरुमा हरिमाया सुबेदी घिमिरे, मेनका हमाल, दीपा घिमिरे, अंचल रेग्मी, विश्व न्यौपाने, रत्न धिमाल, निर्मला घिमिरे, मीरा आचार्य, सिजन कार्की र राधा शर्मा रहनुभएको छ भने सल्लाहकार समितिको संयोजकमा मुक्तिनाथ न्यौपाने, जगन्नाथ आचार्य र फूलकुमारी घिमिरे रहनुभएको छ । कार्यक्रममा नेविसंघ जिल्ला अध्यक्ष राजेश पौडेल, रत्नप्रसाद सापकोटा, कुलनाथ कँडेल, किरणजंग केसी लगायत नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *