गैँडाकोट ५ मा नेपाली काँग्रेसको तीन टोल समिति गठन, अनुशासन विपरित कार्य गर्नेलाई अन्द स्पोट कार्बाही गर्ने क्षेत्रीय सभापति भट्टचनको उद्घोष

शनिवार २९ माघ, गोविन्द रिमाल
नेपाली काँग्रेस गैँडाकोट ५ ले शनिबार तीन ओटा टोल समिति गठन गरेको छ । शनिबार सगरमाथा टोलमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं १ का प्रदेश क सभापति गोपाल सापकोटाले स्थानीय स्तरदेखि एक सशक्त पार्टीको रुपमा नेपाली काँग्रेसलाई अगाडि बढाउन टोल समिति गठन गरिएको बताउनुभयो । उहाँले नेपाली काँग्रेसले विगतमा गुमाएको साख जोगाउनु पर्ने भएकोले कार्यकर्तालाई खरो रुपमा उत्रन निर्देशन दिनुभयो । कार्यक्रमको उद्देश्य र महत्वमाथि नगर सचिव गोविन्द घिमिरेले प्रकाश पार्नुभएको थियो । निर्वाचन सहजीकरण गोविन्द रिमालको रहेको थियो । वडा सभापति विष्णु गौतमको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सहजीकरण वडा सचिव दीपक ढुङ्गानाले गर्नुभएको थियो भने सो टोल समितिका तर्फबाट देवीप्रसाद सापकोटाको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । त्यसैगरी बैकुण्ठनगर टोल समिति गठन कार्यक्रममा बोल्दै महिला नेतृ तथा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि संगिता घिमिरेले वडाले प्रशंसनीय कार्य गरेको भन्दै एकीकृत ढंगले चुनावी मैदानमा उत्रन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा किसान संघ केन्द्रीय सदस्य तुलसीराम गौतम, नेपाल महिला संघ जिल्ला कोषाध्यक्ष शान्ति न्यौपानेलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम वडाका सचिव किरणजङ्ग केसीले सहजीकरण गर्नुभएको थियो भने टोल समितिका संयोजक मिनबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा निर्वाचन सहजीकरण सहजकर्ता गोविन्द रिमालले गर्नुभएको हो । त्यसैगरी शनिबारै एक कार्यक्रमका बीच नारायणी टोल समितिसमेत गठन गरिएको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका क्षेत्रीय सभापति अमृत भट्टचनले पार्टी अनुशासन विपरीत कार्य गर्ने जोकोहीलाई अन्द स्पोट कारबाही गर्ने भन्दै पार्टीको गुमेको साखलाई फर्काउने बताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेस नगर सचिव गोविन्द घिमिरे, नेता तुलसी गौतम, सहजकर्ता गोविन्द रिमाललगायतले भनाइ राख्नुभएको थियो । सो कार्यक्रमको सहजीकरण वडा सचिव किरणजङ्ग केसीले गर्नुभएको थियो, कार्यक्रम वडा उपसभापति एवम् टोल समिति संयोजक विष्णु गौतमको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तव्य मीना दाहालको रहेको थियो । कार्यक्रममा अग्रज मोहनभक्त अधिकारी, महेन्द्रभक्त अधिकारी, खडानन्द उपाध्याय, शालिकराम सापकोटा, हरेराम सापकोटा, भीमबहादुर कुमाललगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । नवगठित सगरमाथा टोल समितिको सभापतिमा टोलनाथ घिमिरेको संयोजकत्वमा १२ सदस्यीय समिति गठन भएको छ । समितिको उपसभापतिमा नन्दलाल कँडेल, सचिव कृष्ण राई, कोषाध्यक्ष सरोज कँडेल, सहसचिव दिलु थापा, सदस्यहरुमा चित्रकली आले, देवीप्रसाद सापकोटा, धनबहादुर आले, सन्तबहादुर गुरुङ्ग, होमबहादुर आले, लक्ष्मण आचार्य र ऋषिराम कँडेल रहनुभएको छ । त्यसैगरी बैकुण्ठनगर टोल समितिको सभापतिमा नारायणप्रसाद कँडेल, संयोजकत्वमा १५ सदस्यीय समिति गठन भएको छ । समितिको उपसभापतिमा गीतादेवी क्षेत्री, सचिव महेश पौडेल, कोषाध्यक्ष शारदा वन, सहसचिव शारदा खरेल र सदस्यहरुमा शेरबहादुर क्षेत्री, नरिश्वर गौतम, शिवप्रसाद खनाल, छायाँ सापकोटा, रोहित गौतम, चिन्तामणि गौतम, लीलाराम परियार, सागर शर्मा आचार्य, भीम सापकोटा र सरिता शाही चयन हुनुभएको छ । त्यसैगरी सल्लाहकार समितिको संयोजकमा नरेन्द्र खड्का, सदस्यमा कुलानन्द वन, शोभा अधिकारी र सूर्यनाथ अधिकारी चयन हुनुभएको छ । त्यसैगरी नारायणी टोल समितिको सभापतिमा शक्तिप्रसाद सापकोटा, उपसभापति बसुन्धरा अधिकारी, सचिव श्री अधिकारी, कोषाध्यक्ष मन्जु अधिकारी, सहसचिव रामकुमार भण्डारी र सदस्यहरूमा कर्णसिंह ठकुरी, प्रदीप अधिकारी, जीवकला भण्डारी,भूमादेवी खरेल, भानुभक्त सुवेदी, दुर्गा कुमाल, शान्ति अधिकारी, शान्ता कुँवर, यदुनाथ शर्मा र लीलाधर गौतम निर्विरोध चयन भएको जानकारी वडा सभापति लक्ष्मण कार्कीले दिनुभयो । योसँगै १४ ओटा टोल समिति गठन गरि सकिएको जानकारी उहाँले दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *