बुलिङटार, फागुन १
चौथो बुलिङटार गाँउपालिका अध्यक्ष कप २०७८ को उद्धघाटन बुलिङटार गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले गर्ने भएको छ । आजदेखि हुने भनिएको उक्त प्रतियोगिताको उद्धघाटन बिहान ११ बजे एक औपचारिक कार्यक्रम गरि शुरु गरिने बुलिङटार युवा तथा खेलकुद विकास समितिका अध्यक्ष तिल बहादुर खण्डलुक मगरले बताउनु भयो । बुलिङटार गाउँपालिका वडा नं. ३ चन्टारमा हुने जिल्ला स्तरीय अन्तरपालिका नकआउट पुरुष फुटबल प्रतियोगितामा मैत्रीपुर्ण खेल खेलाइने खेलकुद समितिका अध्यक्ष खण्डलुक मगरले बतोउनु भयो ।
शनिबार समितिले एक पत्रमा टाइशिट बनाई खेल तालिका सार्वजनिक गरिएको थियोे । सार्वजकि तालिका अनुसार फागुन १ गते (आज) दिउँसो १ः३० बजे बुलिङटार गाँउपालिका र मध्यविन्दु नगरपालिका नकआउट प्रतिस्पर्धा गर्नेछन् भने दिउँसो ३ः३० बजे विनयी त्रिवेणी गाउँपालिकासं कावासोती नगरपालिका प्रतिस्पर्धा गर्नेछन् ।
हेर्नुहोस खेल तालिकाः