चौथो बुलिङटार गाँउपालिकाअध्यक्ष कप२०७८ खेल सुरु

बुलिङटार, फागुन १
बुलिङटार युवा तथा खेलकुद विकास समितिको आयोजनामा चौथो बुलिङटार गाँउपालिका अध्यक्ष कप २०७८ खेल सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आइतबार बुलिङटार गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले रेफ्रीलाई फुटबल हस्तान्तरण गरि उद्धघाटन गर्नुभएको हो । जिल्लाका खेलाडी उत्पादन गरिने उदेश्यले जिल्ला स्तरीय अन्तरपालिका मैत्रीपूर्ण नकआउट पुरुष फुटबल खेलको आयोजना गरिएको बताउनु भयो । आफु पनि खेल प्रेमि भएकाले खेलकुद क्षेत्रका विकासका लागि आफु तयारी भएको बताउनु भयो ।

बुलिङटार ३ चन्टारको रङ्गशालामा भएको उक्त खेललाई सम्बोधन गर्दै युवा तथा खेलकुद विकास समितिका अध्यक्ष तिल बहादुर खण्डलुक मगरले खेललाई गत साल भन्दा अलि बढाइएको जनाउनुभयो । उहाँले भन्नुभयो “गत सालहरुमा वडा स्तरीय खेलहरु हुन्थ्यो अहिले नवलपुर जिल्ला स्तरीय गरिएको छ । बुलिङटार गाउँपालिकाको मात्रै नभई जिल्ला भरिका खेलाडीहरुको खेल विकास अभिबृद्धि गरिने उदेश्यले यस्तो खेलको आयोजना गरिएको हो ।” मैत्रीपूर्ण खेल आजदेखि ३ गते सम्म हुने समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *