जिल्ला स्तरीय अन्तरपालिका फुटबल प्रतियोगितामा कावासोती प्रथम

बुलिङटार, ३ फागुन
बुलिङटार युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको चौथो बुलिङटार अध्यक्ष कप २०७८ जिल्ला स्तरीय अन्तरपालिका फुटबल प्रतियोगितामा कावासोती नगरपालिकाका खेलाडीहरु प्रथम भएका छन् ।
बुलिङटार गाउँपालिका वडा नं ३ चन्टार रङ्गशालामा भएको उक्त प्रतियोगितामा कावासोती एक शुन्यले विजेता भएका हुन् । शिव बि.क.ले गैंडाकोट नगरपालिकाका खेलाडीहरुलाई सेकेण्ड हाल्फ्को ५ मिनेटमा एक गोल हानि गैंडाकोटलाई पराजित गरिएको हो । कावासोती नगरपालिका प्रथम भएसंगै गैँडाकोट नगरपालिकाका खेलाडीहरु दोश्रो भएका छन् । मध्यविन्दु नगरपालिका र देवचुली नगरपालिका भने सेमिफाइनल सम्म प्रवेश भएका थिए भने विनयी त्रीवेणी गाउँपालिकाका र हुप्सेकोट गाउँपालिकाका खेलाडीहरु भने उपस्थित भएका थिएनन् ।
प्रथम पुरस्कार नगद रु १ लाख ३५ हजार, द्वितिय पुरस्कार नगद रु ७५ हजार र सेमिफाइनलमा प्रवेश गर्ने टिमलाई भने नगद रु २५÷२५ हजार रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *