चितवनमा नशा तथा हाडजोर्नी विशेषज्ञहरुको राष्ट्रिय सम्मेलन सुरु

फाल्गुन ५,चितवन – नशा तथा हाडजोर्नी रोग विशेषज्ञहरुको २७औं राष्ट्रिय सम्मेलन आजबाट चितवनमा सुरु भएको छ । नेपाल अर्थोपेडिक एसोसिएसन केन्द्रीय समिति तथा शाखा चितवनको सयुंक्त आयोजनामा भरतपुरको चितवन गार्डेन रिर्सोट प्रा लि मा संचालन भएको हो ।
सम्मेलन फागु न पाँच र छ गते गरी दुई दिन सञ्चालन हुनेछ । पहिलो दिनको उद्घाटन सत्रमा एसोसिएसनका केन्द्रीय अध्यक्ष प्राडा रविन्द्र लाल प्रधानले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको सुभारम्भ गरेका हुन ।
सम्मेलनमा देशैभर बाट करिब १००जना अर्थोपेडिक विषयका चिकित्सकको प्रत्यक्ष सहभागीता रहेको छ । भने जुम एप्सको माध्ययम मार्फत विदेशी सात राष्ट्र र नेपालकै विभिन्न शहरबाट गरी करिब चारसय जना यस विद्यासंग सम्बन्धित चिकित्सकहरुको सहभागीता रहने चितवन शाखाका अध्यक्ष प्राडा सुरेश पाण्डले जानकारी दिए । कार्यक्रमा नेपाली र विदेशी चिकित्सकहरुको सयभन्दा बढी अर्थोपेडिक विषयका वैज्ञानिक सोधपत्रबारे छलफल र अन्र्तक्रिया हुनेछ ।
सहभागी विशेषज्ञहरुले यस्ता सम्मेलनले अर्थोपेडिक क्षेत्रका चिकित्सहरुलाई सिक्ने र सिकाउने कार्यमा महत्वपूर्ण भुमिका खेल्ने बताएका थिए । नेपालका केही शहरहरु मध्ये चितवन जिल्ला पनि नशा तथा हाडजोर्नी रोगका विरामीलाई सबैखाले उपचार सेवा दिन विशेषज्ञ र अस्पतालहरु सक्षम रहेको र अब काठमाडौं जान नपर्ने प्राडा पाण्डेको भनाई छ ।
डा.सुशिल थापाले संचालन गर्नुभएको पहिलो उद्घाटन सत्र कार्यक्रम एसोसिएसनका केन्द्रीय अध्यक्ष प्राडा रविन्द्र लाल प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो । यस एसोसिएसनको चितवन शाखामा पैतालीस सदस्य र देशैभरा पाचसय साठी जना विशेषज्ञको आवद्धता रहेको छ । यसअघि अर्थोकोन २०२१ काठमाडौंमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *