जिल्ला स्तरीय अन्तरपालिका महिला भलिबल प्रतियोगितामा देवचुली प्रथम

बुलिङटार, ५
नवलपुरको पहाडी भेग बुलिङटार गाउँपालिका वडा नं ३ चन्टार रंगसालामा भएको चौथो गाउँपालिका अध्यक्ष कप २०७८ मा देवचुली नगरपालिकाका महिला खेलाडीहरु प्रथम भएका छन । जिल्ला स्तरीय अन्तरपालिका महिला भलिबल प्रतियोगितामा उनिहरु प्रथम भएका हुन् ।

फागुन ३ गते देखि भएको प्रतियोगिता आज फाइनल भएको हो । देवचुली र मध्यविन्दु संगको प्रतिस्पर्धामा देवचुलीले मध्यविन्दुलाई पराजित गरि प्रथम हुन सफल भएको हो ।
देवचुली नगरपालिका प्रथम भएसंगै मध्यविन्दु नगरपालिका दोस्रो भएका छन् भने कावासोती नगरपालिका र बुलिङटार गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेका थिए ।

प्रथम हुनेलाई नगद रु ५१ हजार, दोस्रो हुनेलाई ३१ हजार र सेमिफाइनमा पुग्ने दुवै टिमलाई १५÷१५ हजार पुरस्कार रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *