त्रिभुवन मा.वि.को ५२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

बुलिङटार, ८
त्रिभुवन माध्यमिक विद्यालयको ५२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।शनिबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि बुलिङटार गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटी रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बस्ताकोटीले समाज विकासमा सबैभन्दा पहिला शिक्षाको महत्वपूर्ण भुमिका भएकाले बुलिटार गाउँपालिका सधै शिक्षाको पक्षमा लागेको बताउनुभयो । विद्यालयको शिक्षाको गुणस्तरमा कमि भएकाले दुखेसाे पोख्नु भयो । उहाँले भन्नु भयो “भाैतिक रुपमा सम्पन्न यस त्रिभुवन मा.वि.मा शिक्षाको गुणस्तर कमि देखिएको छु, यस विषयमा म धेरै दुखीत छु र चिन्तित पनि ।” उहाँले विद्यालय परिवारसंग शिक्षाको गुणस्तर सुधार गर्न आग्रह गर्नभयो ।
प्रमुख अतिथि बस्ताकोटीले गाउँका जनसंख्या बृद्धि हुनका लागि शिक्षाको गुणस्तर राम्रो हुनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले भन्नुभयो “विद्यार्थीहरु गुणस्तर शिक्षा प्राप्त गर्न र उच्च शिक्षा हासिल गर्न बजारमा जाने गर्छन् । गाउँमै गुणस्तर शिक्षाको अवसर पाए मात्र गाउँमै पढ्छन अनि शिक्षाका लागि कतै पनि बसाइसराई भई जानु पर्दैन ।” उहाँले गाउँमै गुणस्तर शिक्षाका लागि धेरैले गाउँनै छाड्नु पर्ने बाध्यता भएकाले उक्त बाध्यतालाई हटाउन सम्पुर्ण विद्यालयहरुलाई समेत आग्रह गर्नुभएको थियो ।

यसैगरि विशेष अतिथि तथा बुलिङटार गाउँपालिकाका शिक्षा शाखा प्रमुख बुद्वप्रसाद रानाभाटले विद्यार्थीहरुलाई विद्यालयको शिक्षाले मात्रै अपुग हुने बताउनु भयो । उहाँले भन्नु भयो “बालबालिकाको शिक्षामा सुधार हुनका लागि विद्यालयको शिक्षण सिकाइले मात्रै पुग्दैन, घरमा पनि अभिभावकहरुको हेरचाह राम्रोसंग हुनुपर्छ ।”

कार्यक्रममा प्रधानाध्यापक शम्भु प्रसाद बस्ताकोटीले वार्षिक प्रतिवेदन पस्तुत गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक बस्ताकोटीले विद्यालयमा प्राथमिक तहमा विद्यार्थी संख्या न्युन भएकोले अभिभावहरुसंग घरदैलो कार्यक्रम गरि विद्यार्थी संख्या बढाउन प्रयास गरिएको बताउनु भयो । उहाँले यस शैक्षिक बर्ष २०७८ बाट कक्षा १ देखि कक्षा ६ सम्म अंगे्रजी माध्यमबाट कक्षा संचालन भइरहेको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालयको भौतिक, व्यवस्थापकीय एबम् शैक्षिक उन्नयन्मा कुशल शिक्षकको रुपमा अतुलनीय कार्यमा महत्वपूर्ण योग्दान भएको भन्दै विद्यालयका सहायक प्रधानाध्यापक दल बहादुर वि.ब. लाई सम्मान गरिएको थियो ।


कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुको सांस्कृतिक कार्यक्रम समेत रहेको उक्त कार्यक्रममा बुलिङटार गाउँपालिका वडा नं १ देखि ६ सम्ममा वडाध्यक्ष बुलिङटार गाउँपालिकाका कर्मचारीहरु लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो ।
त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा भएको उक्त कार्यक्रमको सहजीकरण शिक्षक निलकण्ठ पाख्रेलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *