नेपाल मगरसंघ बुलिङटारले मगर दिवसको अवसरमा विविध सांस्कृतिक कार्यक्रम गरि मनाइने

बुलिङटार, १३

नेपाल मगर संघ बुलिङटार गाउँपालिकाले मगर दिवसको अवसरमा विविध सांस्कृतिक कार्यक्रम गरि मनाइने भएको छ । संघको आयोजनामा आगामी फागुन १५ गते विविध सांस्कृतिक कार्यक्रम हुने भएको हो । ४०औँ मगर एकता दिवसको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको नेपाल मगर संघ बुलिङटारका अध्यक्ष नारायण पाटा मगरले जानकारी दिए । कार्यक्रममा स्थानीय मारुनी नाँच, काउडा, झ्याउरे, मगर पञ्चे बाजा लगायत सहितका नाचगानहरु हुने अध्यक्ष पाटा मगरले जनाए ।

कार्यक्रममा राष्ट्रियस्तर तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने उनले बताए । उक्त कार्यक्रममा गायक दिपक खड्का, गायिका लक्ष्मी खड्का, लक्ष्मी राना, गायक अर्जुन पुलामी, हरिकुमार सारु, दिलसिंह मगर, यम आले, गेस थापामगर, तेजु सुनारी मगर, गोमी मगर, मोलीसा आले लगायत कलाकार सहभागी भएर प्रस्तुती दिने अध्यक्ष पाटाले बताए ।

लोभ हुदै गएका विविध मगर गतिविधिहरु सहितको प्रस्तुत हुने संघका सचिव कुमार लुंगेली मगरले बताए । उनले मगर भाषा लिपी, चाड, भेषभुषा इत्यादिको समेत जगेर्ण गरिने बताए ।
कार्यक्रमले इतिहास, भाषा, धर्म, संस्कृति संरक्षण तथा संवध्रन र मगरहरुको मूलमन्त्र एवं जातीय पहिचान झल्काउने उनले जिकिर गरे । पूर्वी नवपरासीको पहाडी भेगमा पर्ने उक्त बुलिङटार गाउँपालिका हुँदै कालीगण्डकी बगेको छ ।

कार्यक्रम बुलिङटार- ३ झिल्के चौतारी स्थित हुने अध्यक्ष पाटा मगरले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *