४० औ मगर दिवसको अवसरमा आज बुलिङटारमा विविध सांस्कृतिक कार्यक्रम

बुलिङटार, १५फागुन
४० औ मगर दिवसको अवसरमा आज देशैभरि विविध कार्यक्रम गरि दिवस मनाइदै छ । मगर दिवसको अवसर पारि मगर जातीहरुले आफ्नो जातीयता झलकाउने गरि विविध क्रियाकलापहरु गरि मनाइदै आएका छन् ।

यस्तै नेपाल मगरसंघ बुलिङटार गाउँपालिकाले पनि आज मगर दिवसको अवसर पारि विविध सांस्कृतिक कार्यक्रम गरि मनाउन लागिएको छ । बुलिङटार ३ पुरानो त्रिभुवनमा हुन लागिएको उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने संघका अध्यक्ष नारायण पाटा मगरले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय कलाकार दिपक खड्का, लक्ष्मी खड्का, लक्ष्मी राना लगायतका कलाकारहरुले प्रस्तुति दिने छन् । यसैगरि स्थानिय कलाकारहरु यम आले, अर्जुन पुलामी, दिल सिं मगर, तेजु मगर, हरिकुमार मगर तथा मोडल गोमी मगरको पनि पस्तुति रहनेछ ।

कार्यक्रममा प्रभावशालि महिला सपना रोका मगर समेतको उपस्थिति रहने अध्यक्ष पाटा मगरले बताउनु भयो ।
मगर पञ्चेबाजा, काउडा, झ्याउरे, मारुनी इत्यादिको प्रस्तुत समेत रहने उक्त कार्यक्रममा बुलिङटार पालिका भरिका स्थानियहरुलाई आवत जावतका लागि गाडीको व्यवस्था समेत रहेको पाटा मगरले जानकारी दिनु भयो ।
कार्यक्रममा मगर भाषा, संस्कृति, धर्म आदिको समेत संरक्षण रहने खाल्का गतिविधि हुने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *