नेपाल आदिवासी जनजाति महासंघ कास्किको अध्यक्षमा कुमाल

२४ फागुन, नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्किको अध्यक्षमा मानेन्द्र कुमाल चयन भएका छन् । मंगलबार सम्पन्न सातौं अधिबेशनबाट कुमाल नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदको अध्यक्षमा चयन भएका हुन् । मंगलबार सम्पन्न अधिबेशनले वरिष्ठ उपाध्यक्षमा बुद्धि कुमारी थापा, उपाध्यक्षमा पदम बहादुर छन्त्याल , सह उपाध्यक्षमा बिजेन्द्र चौधरी , सचिवमा विष्णु माया गुरुङ , सह–सचिवहरुमा वसन्त महर्जन , भिम कुमारी गर्वुजा ( पुष्पा ) , प्रमिला श्रेष्ठ , कोषाध्यक्षमा चन्द्र बहादुर तामाङ र सह कोषाध्यक्षमा यम कुमारी गुरुङलाई सर्वसम्मत चयन गरेका छन् । यस्तै सदस्यहरुमा लज्जावती दुरा, फुर्य छिरिङ ताइबे , मन कुमारी तामाङ , राय बहादुर रजक , मिना श्रेष्ठ देउ कुमारी थापा र ढक माया भुजेल महासंघको चयन भएका छन् ।
अधिवेशन पोखराको आदिवासी जनजाति मगर संघको भवन सम्पन्न भएको हो । नेपाल आदिबासी जनजाती महासंघ केन्द्रको राष्ट्रिय महाधिबेशनलाई लक्षित गर्दै जिल्ला अधिबेशन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *