त्रिभुवन मा.वि. मा स्वर्गीय बस्ताकोटीको शालिक अनावरण

बुलिङटार, २५ फागुन ।
नेपाली कांगे्रसका पूर्व सांसद स्वर्गीय दामोदर बस्ताकोटीको शालिक अनावरण
गरिएको छ । मंगलबार बुलिङटार ३ त्रिभुवन माध्यमिक विद्यालयमा स्वर्गिय दामोदर बस्ताकोटीको शालिक अनावरण गरिएको हो । मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले स्वर्गीय बस्ताकोटीको अर्धकट शालिकको अनावरण गर्नुभएको हो । शालिक अनावरण कार्यक्रमलाई संबोधन गर्दै मुख्यमन्त्री पोखरेलले स्वर्गीय बस्ताकोटीले नवलपुरका पहाडी भेगका विकास प्रेमिका मुल खम्बका रुपमा काम गरिएको स्मुरण गराउनुभयो । उहाँले भन्नुभयो “बुलिङटारमा कांग्रेसको स्थिति यो अवस्थामा पुर्याउनलाई स्वर्गीय बस्ताकोटी ज्युको ठूलो हात छ । उहाँले कांग्रेसको मुल खम्ब भएर मात्रै हैन पहाडी भेगका चौतर्फि विकासको मुल खम्बको रुपमा काम गर्नहुन्थ्यो ।”

यस्तै नेपाली कांग्रेस जिल्ला सभापति महेन्द्रध्वज जि सिले कार्यक्रमलाई सम्बोधन गर्दै स्वर्गीय बस्ताकोटीको पथमा लाग्नु पर्ने बताउनुभयो । उहाँले स्वर्गीय बस्ताकोटीले पार्टीका लागि मात्र नभइ सम्पूर्ण जनताका लागि पुर्याइएको योग्दान पनि स्मरण गर्नुभयो । उहाँले भन्नुभयो “म स्मरण गर्न चाहन्छु नवलपुरको पहाडी भेगका विकासका लागि जस्तै शिक्षा, स्वास्थ्य, खानेपानी, मोटरबाटो आदि जस्ता पुर्वाधारहरुको विकासका लागि अतुल्यनिय योग्दान पुर्याउने नेताहरुको पछि लाग्ने मात्रै हैन उहाँहरुको पथमा लाग्ने समेत काम गर्नुपर्छ ।”

कार्यक्रममा बुलिङटार मात्र नभइ नवलपुरको पहाडी भेगको भौतिक पूर्वाधार विकास र शैक्षिक, राजनीतिक एवं सामाजिक क्षेत्रमा दामोदर बस्ताकोटीको योगदानलाई सम्मान भइराख्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुपसाद लामिछाने, गण्डकी प्रदेश सांसद ओमकला गौतम, नेपाली कांग्रेस नवलपुरका उपसभापति बालकृष्ण घिमिरे, जिल्ला सचिव होमराज रानाभाट र महेन्द्र पोख्रेल, क्षेत्रिय सभापति अमृत भट्टचन, बुलिङटार गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटी लगायत पालिकाका जनप्रतिनिधिहरु, नेपाली कांग्रेसका विभिन्न तहमा रहेका नेताहरु तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *