बलिङटार–२५ फागुन,
बुलिङटारमा बि पि स्मृति भवनको शिलान्यास भएको छ । मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोख्रेलले बन्न लागिएको भवनको शिलान्यास गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोख्रेलले गण्डकी सरकार नवलपुरको पहाडी भेगहरुको विकासका पुर्वधारहरुका लागि तिब्रता रुपमा ध्यान दिइएको प्रतिबद्धता जनाउनु भयो ।
कालीगण्डकी करिडोर निर्माण धमाधाम भइरहेको र अब दक्षिणी भेग जोड्ने सडकको निर्माण पनि शुरु भइसकेको मुख्यमन्त्री पाखरेलले बताउनु भयो । उहाँले भन्नुभयो “विगतमा के भए छाडिदिनुस् अब नवलपुरको पहाडी भेगमा विकासको मुल फुटेको छ, तपाईंहरु ढुक्क हुनुहोस ।” बिजुली नपुगेका बुलिङटारका गाउँमा विद्युतीकरणका लागि ठेक्का लागिसकेको भन्दै उहाँले केही महिनामा सबै घरमा केन्द्रीय प्रशारणको बिजुली बल्ने ठोकुवा उहाँले गर्नुभयो । कालीगण्डकीको पानी प्रयोग गरेर बुलिङटारको फाँटमा अब छिटै नै सिँचाइ सुविधा पु¥याइने उहाँले बताउनुभयो ।
यसैगरि नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट हरेक तहमा नवनिर्वाचित पदाधिकारिहरुलाई एक मिनेट पनि खेर नफाल्न निर्देशन दिनु भयो । उहाँले भन्नुभयो “तपाइहरु आफ्नो पार्टीको किय्रासिल सदस्य बढाइ हाल्नुस, टोल कार्य समिति बनेको छैन भने बनाई हाल्नुस एक मिनेट पनि समय खेर नफाल्नुस । किन भने जब मुलुक समस्यमा पर्छ तब नेपाली कांग्रेसको आवश्यक पर्छ ।”
यसैगरि नेपाली कांग्रेस नवलपुरका सभापति महेन्द्रध्वज जि.सिले पार्टीलाई नितिगत रुपमा अगाडी बढाउने काम आफु लागि पर्ने बताउनु भयो ।
यस्तै नेपाली कांग्रेस बुलिङटार गाउँपालिकाका सभापति ओमकुमार श्रेष्ठले पार्टी विधिगत रुपमा नगइ सत्ता पक्ष तर्फ लागिएकोले दुखेसो पोख्नु भयो । उहाँले भन्नु भयो “पछिल्लो समय पार्टी विधिगत रुपमा नभइ सत्ता पक्ष तर्फ मोडिएको छ । यस किसिमको समस्यलाई केन्द्रबाटै हटाइयोस”
बुलिङटार ३ छात्रबासमा भएको उक्त कार्यक्रममा गण्डकी प्रदेश सांसद ओमकला गौतम, नेपाली कांग्रेस नवलपुरका उपसभापति बालकृष्ण घिमिरे, जिल्ला सचिव होमराज रानाभाट र महेन्द्र पोख्रेल, क्षेत्रिय सभापति अमृत भट्टचन, बुलिङटार गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटी तथा पालिकाका जनप्रतिनिधिहरु, जयलक्ष्मी गौतम लगायत नेपाली कांग्रेसका विभिन्न तहमा रहेका नेताहरुको उपस्थिति रहेको थियो ।