बुलिङटार, २६ फागुन
नवलपुरको पहाडी भेग बुलिङटार गाउँपालिका वडा नं ३ चन्टारमा रहेको बुलिङटार रंगशालामा २४ गते देखि शरु भएको १४औं राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता बिहिबार सम्पन्न भएको छ । मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रतियोगिताको उद्धघाटन गर्नुभएको हो । प्रतियोगितामा विभिन्न विधाका खेलहरु समावेश गरिएको थियो । छनौट प्रतियोगिता मध्ये छात्र तर्फका भलिबल प्रतियोगितामा त्रिभुवन मा.वि. बुलिङटार ३ प्रथम भएका छन् भने उदय मा.वि. द्वितिया भएका छन् । छात्रा तर्फका पनि त्रिभुवन मा.वि. नै प्रथम भएका छन् भने सेतीनाग मा.वि. द्वितिया भएका छन् ।
यसैगरि छात्रातर्फका १ सय मिटर दौड प्रतियोगितामा शिव मा.वि. का छात्रा पवित्र कुमालले १६.३० सेकेण्डमा पार गरि प्रथम भएका छन् भने गोरखकालिका मा.वि. का छलमायाँ आलेले १६.३३ सेकेण्डमा दुरि पार गरि द्वितिया भएका छन् । सेतिनाग मा.वि.का पवित्र लुंगेलीले १७.८८ सेकेण्डमा दुरि पार गरि तृतीया भएका छन् ।
यस्तै छात्रतर्फका उदय मा.वि. का शान्त बहादुर ठाडाले १२.६३ सेकेण्डमा पार गरि प्रथम भएका छन् भने जनजागृति मा.वि. का समिर माकिमले १४.१ सेकेण्डमा दुरि पार गरि द्वितिया भएका छन् ।
२ सय मिटर दौड प्रतियोगितामा छात्रातर्फ त्रिभुवन मा.वि. का छात्रा रितु तिवारीले ३४.९७ सेकेण्डमा दुरी पार गरि प्रथम भएका छन् भने सेतिनाग मा.वि. का सलिना गोदामीले सेकेण्डमा दुरि पार गरि द्वितिया भएका छन् ।
छात्र तर्फका जनजागृति मा.वि. का समिर माकिमले २७.५५ सेकेण्डमा दुरी पार गरि प्रथम भएका छन् भने त्रिभुवन मा.वि का होम बहादुर कुमालले २८.३३ सेकेण्डमा दुरी पार गरि द्वितिया भएका छन् ।
यसैगरि छात्रा तर्फका १५ सय मिटर रिले दौड प्रतियोगितामा देववडाचुली मा.वि. का छात्रा भगवति रामजालीले ६ मिनेट २० सेकेण्डमा दुरी पार गरि प्रथम भएका छन् भने त्रिभुवन मा.वि का अनुषा कुमालले ६ मिनेट २७ सेकेण्ड मा दुरी पार गरि द्वितिया र गोरखकालिका मा.वि. का छविना सारुले ६ मिनेट ४९ सेकेण्डमा दुरी पार गरि तृतीया भएका छन् ।
सम्पन्न कार्यक्रममा बुलिङटार शिक्षा शाखा प्रमुखले विद्यार्थीले खेल विधाहरु सबै अनुशासित तरिकाले खेल सम्पन्नमा सहयोग पुर्याइएको बताउनु भयो । उहाँले विद्यार्थीहरुले खेललाई यथावत राख्दै शिक्षालाई प्राथमिक्ता दिनु पर्ने समेत जोड दिनु भयो ।
कार्यक्रमका अध्यक्ष समेत रहनु भएका बुलिङटार युवा तथा खेलकुद विकास समितिका अध्यक्ष तिल बहादुर खण्डलुक मगरले छनौट भएका विद्यार्थीहरुलाई जिल्ला स्तरीय खेलकुद सहभागि गराउने जानकारी दिनुभयो ।
यसअघि बुलिङटार युवा तथा खेलकुद विकास समितिले जिल्ला स्तरीय अन्तर पालिका फुटबल तथा भलिबल खेलकुद प्रतियोगिता राखिएको थियो ।