सामाजिक क्षेत्रमा अघि बढ्न दिने आमा र सासु सम्मानित

भरतपुर/२६ फागुन
सामाजिक अभियानमा अग्रसर भई अघि बढ्न प्रेरणा र साथ दिएकाे भन्दै नारायणगढमा छाेरीहरुले आमा र बुहारीले सासुलाई सम्मान गरेकाछन् । नारी अभ्यूदय केन्द्र नारायणगढ चितवनमा आवद्ध महिलाहरुले आफ्ना आमा र सासुलाई सम्मान गरेकाहुन् ।
११२अाैं अन्तरास्ट्रिय नारी दिवसकाे सन्दर्भमा संस्थामा आवद्ध महिलाहरुले दिनरात नभनी सामाजिक काममा निस्कने सहज वातावरण बनाईदिने आमाहरुलाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा भरतपुर महानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शान्ता पाैडेलले महिलालाई पछि पार्ने महिलानै हुन् भन्ने आराेप लागिरहंदा आमा तथा सासुलाई सम्मान कार्यक्रम राख्नु उदाहरणिय कार्य भएकाे बताईन् ।संस्थागत रुपमा गरिने यस्ता कार्यक्रम प्रेरणात्मक अभियान बन्ने उनकाे भनाई छ । बालश्रम मुक्त शहर बनाउने अभियानमा साथ दिन महिलाहरुकाे भूमिकाकाे चर्चा गर्दै सहकार्य गर्न आग्रह गरिन् ।कार्यक्रममा समाजसेवि मिना खरेलले हिंसामुक्त समाज निर्माणमा आमा सम्मान कार्यक्रम उदाहरणिय रहेकाे बताईन् । घरघरमा महिलाकाे मिलापकाे नमुना प्रस्तुत गर्न सके समाजमा महिला हक हित स्थापित गराउन गार्हाे नपर्ने उनले जाेड दिईन् ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष कस्तुरी श्रेष्ठले स्थापना देखि रजत वर्ष सम्म आईपुग्दा नारी अभ्यूदय केन्द्र नारायणगढले सृजनशील काम गर्दै आएकाे र निरन्तरता दिन सबै सदस्यकाे भूमिका महत्वपूर्ण रहने बताईन् ।
साे कार्यक्रममा ७० वर्ष उमेर कटेका ३० जना आमाहरुलाई सम्मान गरिएकाे नमरी अभ्यूदय केन्द्र नारायणगढका उपाध्यक्ष भवानी पियाले जानकारी दिईन् । सम्मानितहरुकाे तर्फबाट मन्तव्य राख्दै मन्दाेदरी श्रेष्ठले नारीकाे सम्मान हुने ठाउँमा भगवान पनि खुशी हुने भन्दै सम्मान कार्यक्रम आफैमा रमाईलाे बनेकाे बताईन् ।साे क्रममा संस्थाकी पूर्व अध्यक्ष तथा सल्लाहकार रजनी मास्केले घरबाट संधै संस्था भन्दै हिड्ने छाेरी बुहारीले के कस्ताे संस्थामा काम गर्ने रहेछ भनेर विविध तर्कना राख्ने आमाहरुलाई संस्थामै ल्याएर सम्मान गर्दा मेलमिलाप संगै सामाजिक कार्यकाे महिमा प्रष्टाउन सहज भएकाे उल्लेख गरिन् ।                                                                                             यस्तै पूर्व अध्यक्ष पूर्णिमा श्रेष्ठले सामाजिक अभियानमा जाेडिएकै कारण सबै आमाहरुलाई सम्मान गर्ने माैका मिलेकाे बताईन् ।
कार्यक्रममा पूर्व अध्यक्ष गंगा राजभण्डारी ,सत्या गुरुङ, सल्लाहकार बद्री अधिकारीले सामाजिक रुपमा सक्रिय महिलालाई परिवारकाे साथ महत्वपूर्ण रहने र त्यसमा आमाकाे भूमिकाकाे चर्चा गरे । संस्थाका अध्यक्ष सरला पियाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कार्यसमिति सदस्य बन्दना पिया , साधारण सदस्य सहनशीला पियाले नृत्य प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *