नवलपुरको विकासको सपना पूरा गर्न चौंथो पटक चुनाव लड्छु ःशशांक कोइराला

नवलपुरको विकासको सपना पूरा गर्न चौंथो पटक चुनाव लड्छु  ःशशांक कोइराला

बुलिङटार, २ चैत

नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् केन्द्रीय सदस्य डा। शशांक कोइरालाले संघीय निर्वाचनमा नवलपुर क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गर्नुभएको छ।
नेपाली कांग्रेस नवलपुरको ‘घर घर जाऊ काँग्रेस जिताऔं’ अभियानको कार्यक्रममा सहभागी हुन नवलपुर आउनुभएका कोइरालाले कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो घोषणा गर्नुभएको हो।
‘तीन पटक नवलपुरबाट जितेँ, अब मोरङ, सुनसरी, झापा तिरबाट चुनाव लड्नु पर्यो भन्ने कुरा आएको छ। तर, म नवलपुरबाट नै चुनाव लड्छु भनेको छु।’

नवलपुरको विकासको सपना आफूले पूरा गर्न बाँकी रहेकाले पनि चौंथो पटक आफू यही क्षेत्रबाट चुनाव लड्ने कोइरालाले बताउनुभयो। आफूले देखेको सपना पूरा गर्न सरकारले मात्रै नसक्ने भएकाले दातृ राष्ट्रसँग आफूले पहल गरेको उहाँको भनाइ छ। नवलपुरको सपना पुरा गरेपछि मात्रै राजनीतिबाट अवकाश लिने कोइरालाले बताउनुभयो।

कांग्रेस जिल्ला कार्यसमितिको पहिलो बैठकले पार्टीको कोषाध्यक्षमा राजकुमार महतो सर्वसम्मत रुपमा चयन हुनुभएको छ। नेपाली कांग्रेसको विधान अनुसार निर्वाचित जिल्ला कार्यसमिति सदस्य मध्येबाट सभापतिको प्रस्तावमा जिल्ला कार्यसमितिले कोषाध्यक्षको चयन गर्ने व्यवस्था रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *