मगर संघको महाधिवेशन असारमा

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल राष्ट्रिय मगर संघको तेस्रो महाधिवेशन आगामी असार ५ र ६ गते हुने भएको छ।

संघका अध्यक्ष ओमबहादुर घर्तीमगरका अनुसार वडा र पालिका अधिवेशन चैत मसान्तसम्ममा सम्पन्न गर्ने, जेठ १४ भित्र जिल्ला अधिवेशन, जेठ २१ भित्र प्रदेश अधिवेशन र असार ५ र ६ मा राष्ट्रिय अधिवेशन गर्ने तय गरेको हो। राष्ट्रिय अधिवेशन काठमाडौंमा हुने संघले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *