हुप्सेकोट ६ मा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विजुली

विष्णु गौडेल ।हुप्सेकोट । हुप्सेकोट गाउँपालिका वडा नम्बर ६ मा पहिलो पटक विद्युत सेवा पुगेको छ । उज्यालो हुप्सेकोट अभियान अन्तर्गत गाउँपालिका भित्रका सबै वस्तीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा पुर्याउने योजना अन्तर्गत वडा नम्बर ६ को मौलाथरमा विद्युत विस्तार गरिएको हो । मंगलबार औपचारिक कार्यक्रमका बिच वडा नम्बर ६ मा विजुली वत्ति बालेर उद्घाटन गरिएको छ । वडा नम्वर ६ भित्रका ५ सय ७४ घर परिवारले राष्ट्रिय प्रसारण लाइनको विधुत सेवा लिन सक्ने गरि विधुतिकरण पुरा भएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले बताउनु भयो ।

गण्डकी प्रदेशको विशेष संरक्षित क्षेत्र अन्तर्गत पर्ने हुप्सेकोट गाउँपालिकाको वडा नम्वर ६ का अधिकांश गाउँमा विधुत सेवा पुगेको छ भने दुई महिनाभित्रमा पूर्णरुपमा विधुतिकरण कार्य सम्पन्न हुने अध्यक्ष पाण्डेले बताउनु भयो । वडा नम्बर ६ को पेलेगा दमार, जगदेउ, भण्डारी , धौला , कुर्गानटार , छिनडाडा ,केवरा ढाप , विरु खर्क, जापडाडा,सागा भंज्याङ, पिपलडाडा , मौलाथर , रमिते लगायतको बस्तीमा विधुत सेवा विस्तार भएको जनाइएको छ । अहिले सम्म विधुत सेवा नपुगेका यि बस्तीहरूमा विधुत सेवा पुगे पछि स्थानीय हर्षित भएका छन् ।
कार्यक्रममा बोल्दै नेपाल विधुत प्राधिकरण प्रसारण निर्देशनालयका प्रबन्धक टेक नाथ तिवारीले दुई महिना भित्रमा हुप्सेकोट गाउँपालिका पूर्ण विधुतिकरण हुने बताउनु भयो । केही वस्तीमा मात्र विजुली तार पुग्न वाकि रहेकाले ति क्षेत्रमा पनि छिट्टै काम पुरा हुने प्रबन्धक तिवारीले स्पष्ट पार्नु भयो । गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले निरन्तर पहल गरेकाले छोटो समयमै विधुत विस्तारको कार्य अगाडि बढेको बताउँदै प्रबन्धक तिवारीले केहि महिना भित्रमा गाउँपालिकाको सबै घरमा विजुली वत्ति बल्ने बताउनु भयो ।

त्यसैगरी नेपाल विधुत प्राधिकरण प्रादेशिक कार्यालय गण्डकी प्रदेशका प्रमुख केदारनाथ सिलवालले कोरोनाको प्रभावले बजारमा भनेको समयमा विधुतिय सामाग्री नपाउँदा सोचे अनुसार कार्य अगाडि बढ्न नसके पनि अन्य क्षेत्रको तुलनामा हुप्सेकोट गाउँपालिकामा विधुतिकरणको काम निकै छिटो अगाडि वढेको वताउनु भयो । नेपाल विधुत प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख अमित कुमार कर्णले विधुतको पोल र तार टाङने कार्य पुरा भएका गाउँहरूमा विजुली चार्ज गर्दै अगाडि वढिएकाले अव केही मिहना भित्र सबै गाउमा विजुली पुग्ने बताउनु भयो । अन्य कुनै अवरोध नआए चैत्र महिना भित्रमा हुप्सेकोट गाउँपालिका पूर्ण विधुतिकरण हुने प्रमुख कर्णले बताउनु भयो ।
उज्यालो हुप्सेकोट कार्यक्रम संघिय सरकारको १० करोड , प्रदेश सरकारे साढे तीन करोड र हुप्सेकोट गाउँपालिकाको साढे २ करोड लागतमा कार्य भई रहेको जनाइएको छ ।
केहि घरमा सोलार र आधिकांश घरमा टुकी वत्ति मार्फत दैनिकी चलाउँदै आएका स्थानीय राष्ट्रिय प्रसारण लाइनको विधुत सेवा पुगे पछि अहिले सहज महसुस गरेका छन् । गाउँपालिका अध्यक्ष स्वयम् विजुली वत्ति बाल्न पुगे पछि स्थानीयले बजागाजा र फुलमालाले स्वागत समेत गरेका थिए । चालु आर्थिक वर्षमा अहिले सम्म विधुत सेवा नपुगेको वडा नम्बर ५ र ६ मा विधुतिकरण पुरा हुने अध्यक्ष पाण्डेले बताउनु भयो । आफ्नो घरमा विधुत सेवा उपलब्ध भए पछि गाउँका सर्वसाधारण खुशि भएका छन । विजुली नहुदा कुटानि पिसानि देखि पढाइ लेखाइमा निकै कष्ट वेहोर्दै आएका स्थानीयले अव स्वर्गको अनुभुति पाएको जस्तो भएको वडा अध्यक्ष छाम वहादुर सोमैले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *